Logo

आइतवार, मंसिर १८ गते २०७९

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

नेपाल पाना श्रावण २४ २०७९
  • 4.4K
    SHARES
  • विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

    काठमाडौं । काठमाडौं, प्युठान, नवलपरासी (पूर्व), मोरङ र मकवानपुरमा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।

    काठमाडौं महानगरपालिका–८ भण्डारखालस्थित हुलाक घरको पेटीमा सिन्धुली फिकल गाउँपालिका बस्ने ५५ वर्षीय तेज बहादुर सिजाली सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

    प्युठानको गौमुखी गाउँपालिका–४ पुजास्थित नेपाने खोलामा सोही गाउँपालिका–३ रजवारा राम्दीखोला घर भएकी ४३ वर्षीया उजेली परियार सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

    नवलपरासी (पूर्व)को कावासोती नगरपालिका–५ स्थित खर बारीमा सोही नगरपालिका–१ कोईलापानी बस्ने ३५ वर्षीय गोपाल कुवँर सोमबार मृत अवस्थामा फेला परेका छन् । गत शनिबारदेखि घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

    मोरङको बेलबारी नगरपालिका–३ स्थित बरफ फ्याक्ट्रीको कम्पाउन्डभित्र हाल ठेगाना नखुलेका करिब ४५ वर्षीय बिसाल राई नाम गरेका व्यक्ति सोमबार मृत अवस्थामा फेला परेका छन् ।

    मकवानपुरको हेटौंडा उपमहानगरपलिका–१० न्युरेनिस्थित बंगुरको फर्मभित्र बस्दै ज्याला मजदुरी गरी हिड्ने हाल स्थायी वतन नखुलेका ६५ वर्षीय सूर्य श्रेष्ठ सोमबार मृत अवस्थामा फेला परेका छन् ।

    सबै घटनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    श्रावण २४, २०७९ मंगलवार १२:४१:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मृत्यु

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend