Logo

सोमवार, आश्विन १७ गते २०७९

कम्युनिस्टलाई थर्काएर नेपालमा मनपरी गरेको चीनलाई देउवा सरकारले ल्यायो ट्रयाकमा, चौतर्फी प्रशंशा

कम्युनिस्टलाई थर्काएर नेपालमा मनपरी गरेको चीनलाई देउवा सरकारले ल्यायो ट्रयाकमा, चौतर्फी प्रशंशा

नेपाल पाना श्रावण २७ २०७९
  • 2.5K
    SHARES
  • कम्युनिस्टलाई थर्काएर नेपालमा मनपरी गरेको चीनलाई देउवा सरकारले ल्यायो ट्रयाकमा, चौतर्फी प्रशंशा

    काठमाडौं । एक समय थियो, नेपालमा चीनले जे भन्यो त्यही हुन्थ्यो । यहाँ सम्मकी मन्त्री र प्रधानमन्त्री फेर्नेसम्मको हस्तक्षेप थियो । दुई कम्युनिस्ट एमाले र माओवादी मिलाएर चीनले आफूले चाहेको सबै कुरा पूरा गराइरहेको थियो ।

    महंगो ऋण परियोजना बीआरआईमा सहभागिता, जलविद्युत आयोजनाहरु बिना प्रतिस्पर्धा ठेक्कादेखि कम्युनिस्ट विचारधाराको प्रवर्द्धनसम्मका गतिविधि भए ।

    यतिसम्मकी चीनले नेपालको सीमा मिच्दा नेपाली कम्युनिस्टहरुले मिचेको छैन भनेर वक्तव्य निकाल्नुपर्ने अवस्था आयो । चीनका अगाडि नेपालका कम्युनिस्टहरु यतिसम्म लाचार हुनुको पछाडि उसले नै एकता गरी शक्तिमा स्थापित गरेको थियो । तर समयसँगै यो अवस्था परिवर्तन भएको छ ।

    नेपालमा कम्युनिस्ट शासन हुँदा थर्काउने चीन अहिले आएर ट्रयाकमा आएको छ । कम्युनिस्टहरुले सञ्चालन गरेको चीनमुखी कुटनीतिलाई नेपाली कांग्रेस नेतृत्वको सरकारले करेक्सन गर्दै ट्रयाकमा ल्याएको छ ।

    विगतमा कम्युनिस्टहरुमाथि चढेर रजगज गरेको चीनले अहिले समान हैसियतमा नेपाललाई व्यवहार गर्न थालेको छ । कांग्रेसले स्वतन्त्र परराष्ट्र नीति अंगालेसँगै चीन ट्रयाकमा आएको हो ।

    जसको पुष्टि हालै परराष्ट्रमन्त्री डा नारायण खड्काको भ्रमणका क्रमबाट भएको छ । भ्रमणका क्रममा चीनले नेपालका सबै माग पूरा गरेको छ । यसले नेपाली कांग्रेसले सबै विषयमा स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको प्रमाणित भएको छ ।

    तर कम्युनिस्टहरूले चीनको निर्देशन पालन गर्छन् र चीनबाट कुनै माग गर्दैनन् भन्ने विगतले देखाएको छ । चीनले जे भन्छ, कम्युनिस्टहरूले गर्छन् र लाचार छन् भन्ने दुइतिहाइ कम्युनिस्ट सरकारले देखाइसकेको छ ।

    श्रावण २७, २०७९ शुक्रवार ११:१६:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # देउवा सरकार
  • # नारायण खड्का

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend