Logo

सोमवार, आश्विन १७ गते २०७९

तरुण दलले माग्यो नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको राजीनामा, नदिए महाभियोग लगाउन माग

तरुण दलले माग्यो नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको राजीनामा, नदिए महाभियोग लगाउन माग

नेपालपाना श्रावण ३० २०७९
  • 2.2K
    SHARES
  • तरुण दलले माग्यो नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको राजीनामा, नदिए महाभियोग लगाउन माग

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ । 

    सार्वभौमसत्ता सम्पन्न संसदबाट पास भई प्रतिनिधि सभाका सभामुखले प्रमाणित गरी प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक विभिन्न अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रमाणीकरण विना प्रतिनिधि सभामा फिर्ता पठाईएको प्रति तरुण दल केन्द्रीय समितिले गम्भीर ध्यान आकृष्ट जनाएको छ । 

    दलले साथै नागरिकताविहीन नेपाली जनतामाथिको यो अपमानको घोर निन्दा र भत्र्सना गरेको छ । 

    राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राजनीतिक प्रतिशोध राखी नागरिकता विहिन नागरिकहरुलाई संविधानले दिएको सार्वभौम अधिकार समेत कुण्ठीत हुने गरी उक्त विधेयक फिर्ता हुनुले नागरिकता प्राप्त गर्ने आशामा बसेका नेपाली नागरिकहरु फेरी अन्धकारको भुमरीमा धकेलिएको तरुण दलको निष्कर्ष छ । 

    अध्यक्ष विद्वान गुरुङद्वारा सोमबार जारी विज्ञप्तिमा राष्ट्रको गम्भीर र जनताको जीवन संग जोडिएको विषयमा खेलवाड गर्ने, बेवास्ता गर्ने र सिमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनि राजीनामा दिनु उचित हुने भनिएको छ । 

    अन्यथा महाअभियोगबाट पदच्यूत समेत गर्न सार्वभौम संसद र नेपाल सरकार संग नेपाल तरुण दल केन्द्रीय समितिले जोड्दार माग गरेको छ ।

    श्रावण ३०, २०७९ सोमवार ११:१४:२२ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend