Logo

आइतवार, मंसिर १८ गते २०७९

नागरिकता विधेयकमा एमालेकै कित्तामा उभिए अमरेश, भोटिङ छल्न कहिले दिल्ली त कहिले गाउँ पसे

नागरिकता विधेयकमा एमालेकै कित्तामा उभिए अमरेश, भोटिङ छल्न कहिले दिल्ली त कहिले गाउँ पसे

नेपाल पाना भाद्र ४ २०७९
  • 5.8K
    SHARES
  • नागरिकता विधेयकमा एमालेकै कित्तामा उभिए अमरेश, भोटिङ छल्न कहिले दिल्ली त कहिले गाउँ पसे

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले नागरिकता विधेयकलाई बहिष्कार गरेका छन् । यसअघि विधेयक पारित गर्ने बेला दिल्ली गएका सिंह राष्ट्रपतिबाट फिर्ता भएको विधेयक बिहीबार दोस्रोपटक पारित गर्ने बेला पनि अनुपस्थित भए ।

    बिहीबार त भोटिङ नै भएको थियो । तर भोटिङ छल्न अमरेश गाउँतिर लागे । यसअघि अमरेश नागरिकता विधेयक छल्न दिल्ली गएर बसेका थिए । देशमा महत्त्वपूर्ण कानुन निर्माणको चरणमा अमरेश दिल्लीमा मोजमस्ती गरिरहेका थिए ।

    नागरिकताजस्तो संवेदनशील विषयमा अमरेशले एमाले अध्यक्ष केपी ओलीजस्तै बहिस्कारको नीति लिए । ओलीको पार्टी त विपक्षमा थियो तर लाखौ जन्मसिद्धका सन्तानले नागरिकता पाउने विषयसँग जोडिएको विधेयक पारित गर्ने बेला मधेसको सर्लाहीबाट प्रतिनिधित्व गर्ने अमरेश अनुपस्थित रहेर बहिष्कार गरे । त्यो पनि एकपटक होइन दुबै पटक ।

    हुन त पछिल्ला समयमा अमरेश कांग्रेस नेतृत्वभन्दा पनि एमाले नेतृत्वप्रति बफादार देखिएका छन् । आफ्नो पार्टीमा अन्तर्घात गरेर चुनाव जिताइदिन ओलीको निवासमै पुगेर सहयोग मागिरहेका छन् ।

    यस्तोमा अमरेशले एमालेकै लाइनमा नागरिकता विधेयक अनुपस्थित भएर बहिष्कार गर्नु अस्वभाविक भने होइन । तर यसको मूल्य अमरेशले चुनावमा चुकाउनुपर्नेछ ।

    भाद्र ४, २०७९ शनिवार ०९:१४:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमरेश कुमार सिंह

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend