Logo

सोमवार, आश्विन १७ गते २०७९

लेवान्डोस्कीको गोलमा बार्सिलोनाको पहिलो जित

लेवान्डोस्कीको गोलमा बार्सिलोनाको पहिलो जित

नेपाल पाना भाद्र ६ २०७९
  • 2.5K
    SHARES
  • लेवान्डोस्कीको गोलमा बार्सिलोनाको पहिलो जित
    काठमाडौं । स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीको दुई गोल प्रेरित बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडलाई ४-१ अन्तरले पराजित गरेको छ । पहिलो जित निकाल्ने क्रममा लेवान्डोस्कीले दुई गोल गरे भने अन्सु फाती र औसमाने डेम्बेलेले एक एक गोल गरे । सोसिडाडका एलेक्सजेण्डर इसाकले एक गोल फर्काए ।

    बार्सिलोनाले पहिलो मिनेटमै गोल गरेपनी पहिलो हाफ १-१ बराबरीमा सकिएको थियो । दोस्रो हाफमा आक्रमक खेल खेल्न सफल बार्सिलोनाले तीन गोल थप्यो ।

    पहिलो खेलमा रायो भालेकानोसँग रोकिएको क्याटलान क्लबको यो पहिलो तीन अंक हो ।

    जितसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा छ । सोसिडाड २ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा छ । 

    भाद्र ६, २०७९ सोमवार ०८:३५:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बार्सिलोना

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend