Logo

शुक्रवार, मंसिर १६ गते २०७९

सदगुरुको नेपालमा हुने कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल नेटवर्क टेलिभिजनले गर्ने

सदगुरुको नेपालमा हुने कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल नेटवर्क टेलिभिजनले गर्ने

नेपालपाना भाद्र ९ २०७९
  • 3.4K
    SHARES
  • सदगुरुको नेपालमा हुने कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल नेटवर्क टेलिभिजनले गर्ने

    काठमाडौं ।  विश्वप्रसिद्ध सदगुरु, जग्गी वासुदेवको नेपालमा हुने प्रवचन कार्यक्रम नेपाल नेटवर्क टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।  ईशा फाउन्डेसन नामक लाभ रहित मानव सेवी संस्थानका संस्थापक समेत रहेका सदगुरुले ‘माटो जोगाऔँ’ अभियान विश्वभर सञ्चालन गर्दै आईरहेका छन् । जस अन्तर्गत नेपालमा यहि सेक्टेम्बर २ तारिख अर्थात भदौ १७ गते ललितपुर गोदावरी स्थित सनराइज हलमा करिव ३ हजार सहभागीको प्रत्यक्ष सहभागितामा हुने कार्यक्रमलाई प्रवचन दिन नेपाल आउन लागेका हुन् ।

    उक्त सदगुरुको “सेभ सोईल” अन्तर्गतको कार्यक्रमलाई लाइभ नेपाल नामक कम्पनीले बजार व्यवस्थापन गर्नेछ भने उक्त कार्यक्रमको आम जनमानसमा पु¥याउन टेलिभिजन तथा सामाजिक सञ्जाल मार्फत नेपाल नेटवर्क टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । जसको लागि लाइभ नेपालका अध्यक्ष दशरथ सुनार तथा नेपाल नेटवर्क टेलिभिजनका बजार व्यवस्थापन प्रमुख दिलीप तामाङले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

    विश्वभर माटो विनाश भइरहेको विषयप्रति तत्काल सबैको ध्यान आकर्षित हुनुपर्ने कुराको प्रचारमा टेलिभिजन आफ्नो सामाजिक दायित्व पुरा गर्न प्रत्यक्ष प्रसारण गर्न लागेको नेपाल नेटवर्क टेलिभिजन श्रोतले जनाएको छ ।

    भाद्र ९, २०७९ बिहिवार २०:०२:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सदगुरु

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend