Logo

सोमवार, आश्विन १७ गते २०७९

नेपाल टी-२० को लागि खेलाडी दर्ता खुला

नेपाल टी-२० को लागि खेलाडी दर्ता खुला

नेपालपाना भाद्र ११ २०७९
  • 1.8K
    SHARES
  • नेपाल टी-२० को लागि खेलाडी दर्ता खुला

    काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० को लागि खेलाडी दर्ता खुला गरेको छ । क्यानले शनिबार सामाजिक सञ्जालमार्फता खेलाडी दर्ता खुला भएको जानकारी दिएको हो । क्यानले खेलाडी दर्ताका लागि चार मापदण्ड राखेको छ ।

    दर्ताका लागि राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप, मेयर कपमा सहभागी भएको हुनुपर्ने र सन् २०१८ देखि औसतभन्दा माथिको प्रदर्शन गरेको हुनुपर्ने, नेपाली यु १९ राष्ट्रिय टिममबाट अन्तर्राष्ट्रिय प्रतियोगिता र शृंखलामा प्रतिनिधित्व गरेको हुनुपर्ने, सन् २०१८ देखि सिनियर टिममा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीलाई प्राथमिकतामा राखिने र सन् २०१८ यता विभिन्न फ्रेन्चाइज प्रतियोगिताहरुमा सहभागी खेलाडीहरुलाई प्राथमिकतामा राखिने क्यानले जनाएको छ ।

    क्यानले खेलाडी दर्ताका लागि अगस्ट ३१ सम्मको समय दिएको छ । असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म चल्ने नेपाल टी २० क्यानको आधिकारिक प्रतियोगिता हो । यसमा नेपालका विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

    भाद्र ११, २०७९ शनिवार १२:४१:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend