Logo

आइतवार, मंसिर ११ गते २०७९

कर्णालीका सवै माओवादी सांसद मन्त्री, आज दुई मन्त्रीको सपथ

कर्णालीका सवै माओवादी सांसद मन्त्री, आज दुई मन्त्रीको सपथ

नेपाल पाना भाद्र १३ २०७९
  • 2.2K
    SHARES
  • कर्णालीका सवै माओवादी सांसद मन्त्री, आज दुई मन्त्रीको सपथ

    सुर्खेत । कर्णाली प्रदेशवाट प्रतिनित्वि गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज सपथ लिदैछन ।

    रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको सपथ लिने भएका हुन । सो सपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री भएका छन् ।

    माओवादीले सवै सांसदलाई भागवन्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजिनामा दिन लगाएको थियो ।

    सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुई मन्त्रीले आइतवार राजीनामा दिएका थिए । रिक्त दुई पदमा दुई सांसदले मन्त्रीको सपथ लिने बुझिएको छ ।

    भाद्र १३, २०७९ सोमवार ०७:५९:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कर्णाली
  • # माओवादी

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend