Logo

शुक्रवार, मंसिर १६ गते २०७९

महाअभियोग सिफारिस समिति बैठक : जबराले सांसदलाई डेढ कुरे, बयान सुरु

महाअभियोग सिफारिस समिति बैठक : जबराले सांसदलाई डेढ कुरे, बयान सुरु

नेपालपाना भाद्र १५ २०७९
  • 2.7K
    SHARES
  • महाअभियोग सिफारिस समिति बैठक : जबराले सांसदलाई डेढ कुरे, बयान सुरु

    काठमाडौं। निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डेढ घण्टादेखि महाअभियोग सिफारिस समितिका सदस्य कुरेका छन् । समितिले बयानका लागि डाकेपछि सिंहदरवारस्थित महाअभियोग सिफारिस समितिको कार्यालय पुगेका जबरा डेढ घण्टादेखि सांसद कुरेर बसेका हुन् ।  

    बयानका लागि ११ बजे बोलाएका समिति सदस्य सांसदहरु नआउँदा जबरा उनीहरुलाई पर्खेर बस्नुपरेको हो । 

    गत १ फागुनमा जबराविरुद्ध सत्तारुढ दलका सांसदले महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका छन् । जसअनुसार प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले बयानका लागि उनलाई बोलाएको हो । तर, समिति सदस्य नै समयमा नआएपछि जबरा कुरेर बस्न बाध्य भएका हुन् । बैठक भर्खरै सुरु भएको छ । 

    जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको समितिको बुधबार ढिलोगरी बैठक सुरु भएको हो । साे बैठकमा जबराकाे बयान पनि सुरु भएकाे छ । 

    भाद्र १५, २०७९ बुधवार १३:१२:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चोलेन्द्र शम्शेर जवरा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend