Logo

शनिवार, मंसिर १७ गते २०७९

चितवन-३ बाट चुनावमा उठ्ने प्रचण्डकाे घाेषणा

चितवन-३ बाट चुनावमा उठ्ने प्रचण्डकाे घाेषणा

नेपाल पाना भाद्र १७ २०७९
  • 1.7K
    SHARES
  • चितवन-३ बाट चुनावमा उठ्ने प्रचण्डकाे घाेषणा

    सुर्खेत । कर्णाली प्रदेशको नेकपा ( माओवादी केन्द्र) को प्रशिक्षण शुक्रबार हुँदै छ । बिहीबार हुने भनिएकाे प्रशिक्षण शुक्रबार हुन लागेकाे हाे ।

    प्रशिक्षणमा सहभागी हुन आएका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागबण्डा मिलाउने तयारी भइरहेको बताएका छन् ।

    प्रचण्डले गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो कुनै विषयमा असहमति नभएको दाबी गरे । सो क्रममा प्रचण्डले आगामी निर्वाचनमा चितवन-३ बाटै चुनाव लड्ने बताए । एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत गरे ।

    यो पटक प्रतिनिधि र प्रदेश दुवै सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको बताए ।

    एमालेसँग कुनै प्रकारको तालमेलको सम्भावना नरहेको भन्दै प्रचण्डले सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने जिकीर गरे ।

    भाद्र १७, २०७९ शुक्रवार १५:३९:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # माओवादी

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend