Logo

आइतवार, मंसिर १८ गते २०७९

काठमाडौं आइपुगे भारतीय सेना प्रमुख मनोज पाण्डे

काठमाडौं आइपुगे भारतीय सेना प्रमुख मनोज पाण्डे

नेपालपाना भाद्र १९ २०७९
  • 2.8K
    SHARES
  • काठमाडौं आइपुगे भारतीय सेना प्रमुख मनोज पाण्डे

    काठमाडौं। भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार अपरान्ह नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् । 

    ११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका पाण्डेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । 

    नेपाल भ्रमणका क्रममा पाण्डेले प्रधानसेनापति शर्मासँग द्विपक्षीय वार्ता गर्ने छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको पदवी लिने पनि कार्यक्रम छ । नेपाल र भारत दुवै मुलुकले एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिँदै आएका छन् । 

    नेपाल भ्रमणका क्रममा पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

     

    भाद्र १९, २०७९ आइतवार १८:२४:२३ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend