Logo

आइतवार, मंसिर १८ गते २०७९

स्थानीय चुनावमा अन्तर्घात गर्ने अमरेश सिंहलाई कांग्रेसले गर्यो कारवाही, पार्टीबाट निलम्बित

स्थानीय चुनावमा अन्तर्घात गर्ने अमरेश सिंहलाई कांग्रेसले गर्यो कारवाही, पार्टीबाट निलम्बित

नेपाल पाना भाद्र २० २०७९
  • 5.0K
    SHARES
  • स्थानीय चुनावमा अन्तर्घात गर्ने अमरेश सिंहलाई कांग्रेसले गर्यो कारवाही, पार्टीबाट निलम्बित

    काठमाडौं । स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेर पार्टीलाई हराउन भूमिका खेलेका सांसद अमरेशकुमार सिंहलाई नेपाली कांग्रेस सर्लाहीले कारबाही गरेको छ । जिल्ला अनुशासन समितिले सिंहले अन्तर्घात गरेको ठहर गर्दै कारबाही गरेको हो ।

    ‘स्थानीय निकायको चुनावमा पार्टीका अधिकारिक उम्मेरवारहरुलाई अन्तरघात एवम् असहयोग गर्ने नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ४ का सांसद मा. डा. अमरेशकुमार सिंहलाई अनुशासन समितिको २०७९/०३/०२ को निर्णयअनुसार पार्टीबाट निलम्बन गरिएको छ,’ जिल्ला अनुगमन समिति संयोजक डा सरोज कुमारले विज्ञप्ति जारी गरेका छन् ।

    पत्रमा कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम निलम्बन गरिएको उल्लेख छ । विधानको धारा ३४ (अनुशासनसम्बन्धी व्यवस्था) (ख) मा पार्टीको विधान, नियमावली विपरीत कार्य गरेमा अनुशासन उल्लंघन गरेको मानिने लेखिएको छ ।

    जिल्ला अनुशासन समितिले मधेश प्रदेश कार्यसमितिलाई गत असार ४ गते नै सिंहमाथि कारबाही गरिएको पत्र पठाएको थियो । कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले नेता सिंहलाई अनुशासनको कारबाही अन्तर्गत निलम्बन गरिएको बताए ।

    भाद्र २०, २०७९ सोमवार १४:५९:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमरेश कुमार सिंह

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend