Logo

सोमवार, आश्विन १७ गते २०७९

पुष्पा २ बाट अल्लुले लिए १२५ करोड पारिश्रमिक

पुष्पा २ बाट अल्लुले लिए १२५ करोड पारिश्रमिक

नेपाल पाना भाद्र २३ २०७९
  • 1.6K
    SHARES
  • पुष्पा २ बाट अल्लुले लिए १२५ करोड पारिश्रमिक

    दक्षिण भारत । फिल्म ‘पुष्पा’को सफलता पछि अल्लु अर्जुन पेन इण्डिया स्टार बनेका छन् । उनको पारिश्रमिकदेखि स्टारडमसम्ममा व्यापक वृद्धि भएको छ । उनले ‘पुष्पा २’का लागि झण्डै अभिनेता सलमान खानको हाराहारीमा पारिश्रमिक बुझेका छन् ।

    समाचार अनुसार ‘पुष्पा २’ का लागि उनले १२५ करोड पारिश्रमिक लिएका छन् । यो फिल्मको बजेट ४ सय ५० करोड हो । उनको यो पारिश्रमिकसँगै बलिउडमा सर्वाधिक पारिश्रमिक लिने कलाकारको तेस्रो स्थानमा परेका छन् ।

    पारिश्रमिकको मामलामा उनले अभिनेता अक्षय कुमारलाई पनि पछि पारेका छन् । यसअघि अभिनेता सलमानले फिल्म ‘किसीका भाइ किसीका जान’का लागि १२५ करोड पारिश्रमिक लिने भएका छन् । फिल्म निर्माताले नै स्वेच्छाले उनलाई यो पारिश्रमिक दिन लागेका हुन् ।

    सलमानको यो फिल्म यसै वर्षको ३० डिसेम्बरमा रिलिज हुँदै छ । अल्लुको फिल्म भने आगामी वर्षमात्र रिलिज हुनेछ ।

    भाद्र २३, २०७९ बिहिवार ०७:३४:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पुष्पा २
  • # अल्लु अर्जुन

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend