Logo

सोमवार, आश्विन १७ गते २०७९

सन्दीप लामिछानेले भने- छिट्टै नेपाल फर्केर ममाथि लागेका सबै आरोपको सामना गर्छु

सन्दीप लामिछानेले भने- छिट्टै नेपाल फर्केर ममाथि लागेका सबै आरोपको सामना गर्छु

नेपालपाना भाद्र २४ २०७९
  • 1.5K
    SHARES
  • सन्दीप लामिछानेले भने- छिट्टै नेपाल फर्केर ममाथि लागेका सबै आरोपको सामना गर्छु

    काठमाडौं। नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू चाँडै स्वदेश फर्कने बताएका छन् । हाल सिपिएल खेल्न वेस्ट इन्डिजमा रहेका लामिछानेले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै चाँडै नेपाल फर्केर आफूमाथि लागेका आरोपको सामना गर्ने बताएका हुन् ।

    लामिछानेलाई बिहीबार नै नेपाली राष्ट्रिय क्रिकेट टिम क्यानले कप्तानबाट निलम्बन गरिसकेको छ । उनले आफूमाथि आधारहीन आरोप लगाइएको दाबीसमेत गरेका छन् । आफू निर्दोष रहेको उल्लेख गर्दै नेपाली कानुनअनुसार न्यायका लागि लड्ने र त्यसमा आफूलाई सबै पक्षबाट सहयोग हुने अपेक्षासमेत गरेका छन् ।

    उनले नेपालको कानुनको सम्मान पनि गर्ने उल्लेख गरेका छन् ।

    भाद्र २४, २०७९ शुक्रवार ०८:४८:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend