Logo

सोमवार, आश्विन १७ गते २०७९

भारतमा प्रदर्शनको तयारीमा रहेको पहिलो नेपाली फिल्म प्रेम गीत ३, कोलकातामा सानदार इन्ट्री

भारतमा प्रदर्शनको तयारीमा रहेको पहिलो नेपाली फिल्म प्रेम गीत ३, कोलकातामा सानदार इन्ट्री

नेपाल पाना भाद्र २८ २०७९
  • 1.9K
    SHARES
  • भारतमा प्रदर्शनको तयारीमा रहेको पहिलो नेपाली फिल्म प्रेम गीत ३, कोलकातामा सानदार इन्ट्री

    कोलकता । पहिलो इन्डो-नेपाली द्विभाषी चलचित्रको रुपमा निर्माण भएको प्रेम गीत ३ को भारतका मुख्य सहरहरुमा प्रमोसन भइरहेको छ । प्रवर्द्धनका क्रममा कलाकारहरु कोलकाता पुग्दा भव्य स्वागत गरिएको छ । फुलले सजिएको गाडीमा सानदार इन्ट्री भएको थियो ।

    प्रदिप खड्का र क्रिस्टिना गुरुङले अभिनय गरेको प्रेम र गीतको प्रेमकथालाई पछ्याइएको यो एक्सन ड्रामा आगामी सेप्टेम्बर २३ मा हलमा रिलिज हुँदैछ । सन्तोष सेनले निर्देशन गरेको र सुभाष काले तथा प्रशान्त गुप्ताले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा इन्डियन आइडल १२ का विजेता पवनदीप राजनले संगीत दिएका छन् ।

    उनी पनि फिल्मको प्रमोसनमा सक्रिय छन् । चलचित्रको प्रमोशनका क्रममा शुक्रबार कलाकारहरु कोलकाताको भिक्टोरिया मेमोरियल पार्क पुगेका थिए । यो फिल्म प्रेम गीत फ्रेन्चाइजको फलोअप हो, जसले अहिलेसम्म दुईवटा ब्लकबस्टर - प्रेम गीत १ र २ निर्माण गरिसकेको छ ।

    भारतका अन्य सहरमा पनि फिल्मको प्रमोसन भइरहेको छ । बलिउड स्टार गोविन्दा, मनिषा कोइरालाले प्रमोसनमा सघाइरहेका छन् । बलिउड कलाकारले पनि फिल्मलाई चाखलाग्दो हिसाबमा इन्तजार गरिरहेका छन् ।

    भारतीय फिल्म विश्लेषकले नेपालमा बनेर भारतमा हिन्दीमा भाषामा प्रदर्शन हुने यो पहिलो फिल्म भएको र यसले दुई देशको सम्बन्धलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

    भाद्र २८, २०७९ मंगलवार ०८:५०:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनोरञ्जन

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend