Logo

सोमवार, आश्विन १७ गते २०७९

परराष्ट्रमन्त्री डा. खड्का एलिजावेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

परराष्ट्रमन्त्री डा. खड्का एलिजावेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

नेपाल पाना भाद्र २९ २०७९
  • 1.1K
    SHARES
  • परराष्ट्रमन्त्री डा. खड्का एलिजावेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

    काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्यष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् ।

    एलिजावेथको अन्त्येष्टि असोज ३ गते बेलायतमा विशेष समारोहबीच हुँदैछ । अन्त्येष्टिमा सहभागी हुन नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा सानो टोली जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

    अन्त्येष्टि समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुनेछन् । एलिजावेथको मृत्यु ९६ वर्षको उमेरमा यही भदौ २३ गते भएको थियो । एलिजावेथको अन्त्येष्टिमा विभिन्न देशका राष्ट्रध्यक्ष, सरकार प्रमुख र परराष्ट्रमन्त्री सहभागी हुनेछन् ।

    बेलायत नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो राष्ट्र हो । नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

    भाद्र २९, २०७९ बुधवार १७:३३:२१ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend