Logo

शुक्रवार, मंसिर १६ गते २०७९

चोलेन्द्रशमशेरले नाम लिएका सात वकिलसँग समितिको सोधपुछ सुरु

चोलेन्द्रशमशेरले नाम लिएका सात वकिलसँग समितिको सोधपुछ सुरु

नेपालपाना भाद्र ३० २०७९
  • 1.7K
    SHARES
  • चोलेन्द्रशमशेरले नाम लिएका सात वकिलसँग समितिको सोधपुछ सुरु

    काठमाडौं। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मुछेका सातजना वकिलसँग छलफल सुरु गरेको छ । जबराले समितिमा आफूहरूलाई विभिन्न न्यायाधीश, वकिल, राजनीतिज्ञको नाम लिएका थिए ।

    जसअनुसार बिहीबार दिउँसो सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारको पूर्वमहासचिव लीलामणी पौडेल, वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ र अधिवक्ता ओमप्रकाश अर्यालसँग समितिले छलफल सुरु गरेको हो ।

    पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीहहरूले भने समितिमा उपस्थित नहुने बताइसकेका छन् । जबराले अधिवक्ताहरूले आफूलाई राजीनामा दिन भनेको, न्यायाधीश बनाइदिन भनेकोलगायतका आरोप लगाएका थिए ।

     

     

     

    भाद्र ३०, २०७९ बिहिवार १६:०१:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चोलेन्द्र शम्शेर जवरा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend