Logo

सोमवार, आश्विन १७ गते २०७९

डडेल्धुरामा पनि आरजु राणाको माग, चुनावका लागि सिफारिस भयो नाम

डडेल्धुरामा पनि आरजु राणाको माग, चुनावका लागि सिफारिस भयो नाम

नेपालपाना आश्विन ३ २०७९
  • 1.3K
    SHARES
  • डडेल्धुरामा पनि आरजु राणाको माग, चुनावका लागि सिफारिस भयो नाम

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाको नाम समानुपातिकतर्फ पनि सिफारिस भएको छ ।

    समानुपातिक बन्दसूची बुझाउने पहिलो दिन आइतबार आरजुको नाम डडेलधुराबाट समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेश कमिटीले सिफारिस गरेको हो । 

    सुदूरपश्चिम कांग्रेस सभापति वीरबहादुर बलायरकाअनुसार आरजुलाई खस आर्य महिला समूहबाट समानुपातिक पदको उम्मेदवार बनाउने सिफारिस छ । 

    आरजुको नाम यसअघि कैलाली–५ बाट प्रत्यक्षतर्फ सिफारिस भइसकेको छ । आरजु प्रत्यक्ष लड्ने कि समानुपातिकमा जाने भन्ने तय भइसकेको छैन । उनले प्रत्यक्षमै जित्ने वातावरण कैलाली ५ मा बनेको बताइन्छ ।

    आश्विन ३, २०७९ सोमवार १४:४२:१० बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend