Logo

सोमवार, आश्विन १७ गते २०७९

विकासप्रेमी अभिषेकप्रताप शाहलाई दोहोर्याउन कस्सिए कपिलवस्तुका युवा, उत्कृष्ट कामले जनता हर्षित

विकासप्रेमी अभिषेकप्रताप शाहलाई दोहोर्याउन कस्सिए कपिलवस्तुका युवा, उत्कृष्ट कामले जनता हर्षित

नेपालपाना आश्विन ३ २०७९
  • 14.5K
    SHARES
  • विकासप्रेमी अभिषेकप्रताप शाहलाई दोहोर्याउन कस्सिए कपिलवस्तुका युवा, उत्कृष्ट कामले जनता हर्षित

    कपिलवस्तु । मंसिर चारको आम निर्वाचन नजिकिँदै गर्दा कुन ठाउँमा को जित्ने भन्ने एकखालको दृश्य देखिइसकेको छ । धेरै सर्वेक्षणले कडा प्रतिस्पर्धा वा सहज जित भन्ने निर्क्यौल दिएको छ । 

    यसैक्रममा कपिलवस्तु क्षेत्र नम्बर ३ मा बहालवाला विकासप्रेमी सांसद अभिषेकप्रताप शाहले सहजै जित्ने देखिएको छ । यसको आधार यहाँका युवाहरुमा देखिएको उत्साह हो । राष्ट्रिय राजनीतिसम्म सिधा पहुँच भएका शाहले यहाँका जनता र क्षेत्रको विकासका लागि सिधै पहल गरेर काम गरेकाले उनीप्रति जनताको लगाव देखिएको छ । युवाहरु अभिषेकलाई दोहोर्याउन चाहन्छन् । 

    शिवराज -४ बस्ने विकास गुप्ताले अभिषेकले यो क्षेत्रका लागि धेरै काम गरेको बताए । उनका अनुसार अभिषेकले जित्नु भनेको यो ठाउँले जित्नु हो र विकास हुनु हो ।

    कृष्णनगर -७ बस्ने राजकुमार कार्कीले अभिषेक युवा नेता तर अनुभवी नेता भएको बताउँदै 'अभिषेकले आफ्ना वाचा पूरा गरेका छन्, केन्द्रीय राजनीतिमा पनि राम्रो पहुँच भएका शाहले यो क्षेत्रमा धेरै योजना पार्नसक्छन् । नयाँ नेताले जित्दा केन्द्रमा स्थान बनाउन पनि नसक्ने र योजना पनि पर्न नसक्ने र यो ठाउँ विकास हुनै नसक्ने' ठोकुवा गरे ।

    त्यस्तै केही व्यक्तिहरुले अभिषेक प्रताप शाह चुनाव जित्ने बित्तिकै मन्त्री बन्ने निश्चित भएको बताउँछन् । 'आफ्नै ठाउँको मन्त्री हुनु भनेको आशाको किरण उदाउनु हो,' कृष्णनगरका वृद्ध रामकिसन साह भन्छन् ।

    निर्वाचनको बेलामा विपक्षीले विकासलाई लिएर अभिषेकमाथि प्रश्न उठाइरहँदा परिणामले भने त्यसलाई खण्डित गर्छ । सडक होस् कि पुलपुलेसा र अन्य योजना पनि कपिलवस्तुमा अइरहेका छन् । जसको हरेक अपडेट दिँदै आएका अभिषेक भन्छन् 'मेरो काम जनताले देखेका छन्, र जनता विवेकशील छन् । म यो ठाउँको हितलाई शीरमा राखेर हिँड्ने मान्छे हुँ र यसका लागि मेरो ज्यानै दिन पनि म तयार छु ।'

    आश्विन ३, २०७९ सोमवार १७:२२:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अभिषेकप्रताप शाह

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend