Logo

सोमवार, आश्विन १७ गते २०७९

बेलायती झन्डा बनाउन चिनियाँ कम्पनीलाई भ्याइनभ्याई

बेलायती झन्डा बनाउन चिनियाँ कम्पनीलाई भ्याइनभ्याई

नेपालपाना आश्विन ४ २०७९
  • 1.1K
    SHARES
  • बेलायती झन्डा बनाउन चिनियाँ कम्पनीलाई भ्याइनभ्याई

    बेइजिङ। सेप्टेम्बरमा बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनपछि चीनको एउटा कारखाना बेलायती झन्डा बनाउन निकै व्यस्त देखियो । एपी समाचार संस्थाका अनुसार बेलायती झन्डा बनाउन १०० भन्दा बढी कामदारलाई छुुट्टाइएको थियो । 

    कुटनीतिक दरारपछि चिनियाँ अधिकारीहरुलाई बेलायती महारानीको कफिनमा श्रद्धान्जलि दिन प्रतिबन्ध लगाइरहेका बेला पछिल्लो घटना सार्वजनिक भएको हो ।

    सांघाइको दक्षिणमा रहेको शाओक्सिङ चुआङ्दोङ टुर आर्टिकल कम्पनिमा कर्मचारीहरूले दिनमा करिब १४ घन्टासम्म झन्डा बनाउने काममा लगाइएको थियो । महाप्रबन्धक फ्यान एइपिङका अनुुसार उनीहरुले पहिलो सातामा कम्तीमा ५ लाख झन्डा बनाएका थिए । 

    अधिकांश झण्डामा रानीको तस्विर र उनको जन्म र मृत्युको वर्ष उल्लेख छ । फ्यानका अनुसार एउटै ग्राहकले हजारौँ झन्डको अर्डर गरेका थिए । महारानी एलिजाबेथको सोमबार अन्तिम संस्कार गरिएको छ । 

    आश्विन ४, २०७९ मंगलवार ११:१५:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन
  • # बेलायत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend