Logo

सोमवार, आश्विन १७ गते २०७९

राष्ट्रपतिको कदमविरुद्धको रिटको पेसी आज

राष्ट्रपतिको कदमविरुद्धको रिटको पेसी आज

नेपालपाना आश्विन ७ २०७९
  • 1.0K
    SHARES
  • राष्ट्रपतिको कदमविरुद्धको रिटको पेसी आज

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्धको पाँच वटा रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ । 

    नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी भण्डारीले निस्क्रिय पारेपछि त्यसविरुद्ध सर्वाेच्चमा रिट परेको थियो ।

    छुट्टाछुट्टै पाँच वटा रिटको पेसी आजका लागि तोकिएको हो ।

    संघीय संसदका दुवै सदनबाट दोहोर्‍याएर पारित भएको विधेयकलाई समयसीमा (१५ दिनभित्र) प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेकी थिइन् ।

    राष्ट्रपतिविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतले रिट दायर गरेका हुन् । 

    आश्विन ७, २०७९ शुक्रवार १०:१९:१६ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend