Logo

सोमवार, आश्विन १७ गते २०७९

गगन थापा चुनाव लड्न सर्लाही आउने भएपछि खुसियाली, युवाहरु स्वागत गर्न आतुर

गगन थापा चुनाव लड्न सर्लाही आउने भएपछि खुसियाली, युवाहरु स्वागत गर्न आतुर

नेपाल पाना आश्विन ७ २०७९
  • 5.1K
    SHARES
  • गगन थापा चुनाव लड्न सर्लाही आउने भएपछि खुसियाली, युवाहरु स्वागत गर्न आतुर

    सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा चुनाव लड्न सर्लाही आउने भएपछि यहाँ खुसियाली छाएको छ ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रभावशाली नेता गगन जिल्लामा आउँदा त्यसको फाइदा सर्लाहीमामात्र नभई सिंगो मधेस प्रदेशमै हुने भन्दै प्रदेशवासी नै हर्षित छन् ।

    पार्टीको भावी सभापति एवं देशकै प्रधानमन्त्री हुने दौडमा रहेका गगन आउँदा सर्लाहीको चौतर्फी विकास हुने, पछौडेपनबाट मधेस प्रदेश माथि उठ्ने, जातीय सोंचबाट माथि उठेर मधेस विकासको मूल प्रवाहमा होमिने मधेस मामिलाका जानकारहरु बताउँछन् ।

    गगन सर्लाहीको क्षेत्र नम्बर चारबाट सिफारिस भएका छन् । जहाँ व्यक्तिवादी र स्वार्थको राजनीति चलिरहेको छ । गगन आएपछि यसको अन्त्य हुने र समग्र जनताको प्रतिनिधित्व हुनेगरी शासन आशा यस क्षेत्रका युवाले गरेका छन् । यस क्षेत्रका युवा महेश सिंहले जनताले परिवर्तन खोजेको बताए । त्यो परिवर्तनका लागि गगन थापा अति उत्तम पात्र रहेको बताए ।

    विकास र सामाजिक पछौटेपन हटाउन पनि गगन सर्लाही आउन जरुरी रहेको तथा मधेस पहाड अन्तरघुलनका लागि पनि यो उपयुक्त अवसर हुने यहाँकी सामाजिक अभियन्ता कार्तिकेश झाले बताउछन् । जातिवाद र क्षेत्रीयताको राजनीतिबाट बाहिर आएर राष्ट्रिय राजनीतिको मूलधारमा सर्लाही र मधेसलाई ल्याउन गगन थापालाई स्वागत गर्न आफूहरु आतुर रहेको सर्लाही चारमा बसोबास गर्ने रामप्रसाद यादवले बताए ।

    यता गगन केही दिनमा सर्लाही जाने तयारीमा छन् । उनले कहाँबाट लड्ने निधो गरिसकेका छैनन् । तर सर्लाहीबाटै चुनाव लड्ने मनस्थिति बनाईसकेका छन् ।

    सर्लाही ४ बाट उनी एकल रुपमा सिफारिस भएका छन् । गगनको सचिवालयका अनुसार सर्लाही जाने तयारी शुरु भईसकेको छ ।

    आश्विन ७, २०७९ शुक्रवार ११:०३:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गगनकुमार थापा

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend