Logo

आइतवार, मंसिर ११ गते २०७९

रविया र शैलेस बने नेक्स्ट सुपर मोडल

रविया र शैलेस बने नेक्स्ट सुपर मोडल

नेपालपाना आश्विन १० २०७९
  • 3.1K
    SHARES
  • रविया र शैलेस बने नेक्स्ट सुपर मोडल

    काठमाडौं। सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल २०२२’ को उपाधि रविया नगरकोटी र शैलेस मगरले जितेका छन् । ट्यालेन्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरूले क्रमशः महिला र पुरुष गरी दुई भिन्न विधाको उपाधि हात पारेका हुन् ।

    उनीहरूले पुरस्कारस्वरूप एक–एक लाख रुपैयाँ बराबर सेवा सुविधा हात पारेका छन् । प्रतियोगितामा साक्षी बास्तोला र सञ्जय पुरी ‘फस्ट रनर अप’ हुँदै २५ हजार बराबरको सुविधा जिते ।

    त्यस्तै पुरुषतर्फको अन्य टाइटलअन्तर्गत आयुष मिश्र ‘मस्ट पपुलर’, श्याम गुरुङ ‘पब्लिक च्वाइस’, अर्विन नेपाल ‘बेस्ट ड्रेस’, सञ्जय पुरी ‘बेस्ट वाक’ र शैलेस मगर ‘फोटोजेनिक’ भए ।

    महिलातर्फ रविया नगरकोटी ‘मस्ट पपुलर’, मलिना राना ‘पब्लिक च्वाइस’, साक्षी बास्तोला ‘बेस्ट ड्रेस’, रविया नगरकोटी ‘बेस्ट वाक’ र नम्रता शाही ठकुरी ‘फोटोजेनिक’ भए ।

    रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा दीपक घिमिरे, सद्दाम हुसेन, महेश केसी, रेजिना तुलाधर, धिरज तण्डुकार र दिक्पाल कार्की निर्णायक थिए । प्रतियोगिताको इभेन्ट डाइरेक्टरमा परमानन्द चौधरी र म्यानेजरमा स्वस्ती दंगाल थिए ।

    प्रतियोगितामा फोटोग्राफी पार्टनरमा क्याप्चर क्रु, अफिसियल ड्रेस पार्टनरमा जिएसके भर्सटाइल, मेकअप पार्टनरमा मेकअप दरबार, वर्थ पार्टनरमा समसरा फिटनेस, नेपाल एअर होस्टेज एकेडेमी, क्याप्चर क्र्यु र मेकअप दरबार रहेका थिए । 

    आश्विन १०, २०७९ सोमवार १३:२९:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुपर मोडल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend