Logo

सोमवार, मंसिर १२ गते २०७९

नागरिकको संवेदनशील विषयमा प्रहार भयाे : गृहमन्त्री खाण

नागरिकको संवेदनशील विषयमा प्रहार भयाे : गृहमन्त्री खाण

नेपालपाना आश्विन १० २०७९
  • 2.6K
    SHARES
  • नागरिकको संवेदनशील विषयमा प्रहार भयाे : गृहमन्त्री खाण

    भैरहवा । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले जीवनसँग संवेदनशील रहेको विषय नागरिकतामा प्रहार भएको बताएका छन । रुपन्देहीको भैरहवामा आफ्नै सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले जीवन मृत्युको आधारको रुपमा रहेको नागरिकता कुनै बाहानामा हामीले रोक्यौ भने त्यो भन्दा ठूलो असम्यता केही नहुने बताए । ‘जीवनसँग संवेदनशील रहेको विषयमा पनि प्रहार भएको छ । सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीककृत समाजवादी लगायत पार्टी एक ढिक्का हुँदा पनि असंवैधानिक कदम चालिएको छ,’ उनले भने ।

    गठबन्धनलाई नेपाली कांग्रेसले बचाएन भने नेपालको संविधान, लोकतन्त्र, जनताको अधिकारमाथि प्रहार हुने भन्दै उनले आगामी निर्वाचनका लागि उम्मेदवार बन्नेकाे संख्या धेरै देखिनुले कांग्रेस संकटमा छैन भन्ने सन्देश रहेकाे बताए ।

    ‘संविधानको पालना सबैले गर्नुपर्छ । सरकारले पनि गर्नु पर्छ हामी सबै पालना गर्न प्रतिबद्ध छौ । देशका अन्य राजनितिक शक्तिहरु पनि प्रतिबद्ध हुनु पर्छ यो लोकतान्तित्रक मूल्यपद्धतिको मूल आधारशीला नै हो । आधारशीलालाई भत्काउने कोशिश भएको छ । प्रतिनिधिसभ र राष्ट्रिय सभाबाट दुई पटक पारित गरेर पठाएकाे नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले अहिलेकाे राजनीतिक व्यवस्था र सविधानविपरीत कार्य गरेर लोकतान्त्रिक मूल्यलाई कमजोर बनाइएको छ,’ गृहमन्त्री खाणले भने .  

    आश्विन १०, २०७९ सोमवार १३:३१:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री बालकृष्ण खाँड

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend