Logo

शुक्रवार, मंसिर १६ गते २०७९

हार्ने भयले निर्वाचन बिथोल्‍ने एमालेको षड्‌यन्त्रमा राष्ट्रपतिको लालमोहर

हार्ने भयले निर्वाचन बिथोल्‍ने एमालेको षड्‌यन्त्रमा राष्ट्रपतिको लालमोहर

नेपाल पाना आश्विन १२ २०७९
  • 4.1K
    SHARES
  • हार्ने भयले निर्वाचन बिथोल्‍ने एमालेको षड्‌यन्त्रमा राष्ट्रपतिको लालमोहर

    काठमाडौं । आगामी संघ र प्रदेश निर्वाचनमा पराजित हुने भयले नेकपा एमालेले निर्वाचन बिथोल्‍ने षड्यन्त्र गरिरहेको छ। निर्वचान बिथोल्‍नकै लागि कहिले संविधान, कानुन र संसदीय प्रणाली नमान्‍ने निलम्बित प्रधानन्यायाधीशको पक्षमा उभिन्छ भने कहिले नागरिकता विधेयकको विरोध गर्दै अराजकता निम्त्याउने प्रयास गरिरहेको छ। 

    नेकपा एमालेको यस प्रयासमा राष्ट्रपतिले लालमोहर लगाएर निर्वाचन भाँड्ने योजना बनाएकी हुन्। राष्ट्रपतिले संविधानको धारा ११३ मा विधेयक प्रमाणीकरण गर्ने उपधारा ४ अनुसार सन्देशसहित फिर्ता पठाएको विधेयकला प्रमाणिकरणका लागि प्राप्त भएको १५ दिनभित्र लालमोहर लगाउनुपर्ने हुन्छ। 

    यद्पि राष्ट्रपतिले भने निर्वाचन बिथोल्‍ने एमालेको योजनामा लालमोहर लगाएर संविधानको बर्खिलाप जाने काम गरेकी छन्। अर्कोतर्फ संसद् र संविधानले निलम्बन गरेका प्रधानन्यायाधीशलाई आफैं सफाइ दिने काम पनि राष्ट्रपतिले गरेकी छन्। 

    राजनीतिक दल, नागरिक समाज  र संविधानविद्हरुले राष्ट्रपतिले गरेको संविधान उल्लंघनको घटनाको विरोध गरिरहँदा नेकपा एमालेले भने उत्सव मनाएको छ। नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदमप्रति आपत्ति जनाउँदै यसलाई संविधानको घोर उल्लंघन भएको बताएका छन् ।

    संसद्‍ले पास गरेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि उनको आलोचना भएको छ। यसै क्रममा माओवादी नेता पुनले राष्ट्रपति भण्डारीको कदमले नेपाली नागरिकलाई राज्य विहीन बनाउने र निर्वाचन बिथोल्ने षड्यन्त्रको रुपमा व्याख्या गरेका छन् ।

    उनले बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपतिको कदमप्रति आपत्ति जनाएका हुन्। उनले लेखेका छन्, 'सार्वभौम जनताको प्रतिनिधिसंस्था संघीय संसद्‍ले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु एकातिर संविधानको घोर उल्लंघन हो भने अर्कोतिर आफ्ना नागरिकलाई राज्यविहीन बनाउने आमनवीय कार्य हो। सचेत रहौं र संयमित बनौं । यो घटनाक्रम निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो।'

    आश्विन १२, २०७९ बुधवार ११:३३:४३ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend