Logo

शुक्रवार, मंसिर १६ गते २०७९

इरान अशान्ति: प्रदर्शनमा उत्रिएकी भाइरल युवतीको गोली हानेर हत्या

इरान अशान्ति: प्रदर्शनमा उत्रिएकी भाइरल युवतीको गोली हानेर हत्या

नेपाल पाना आश्विन १२ २०७९
  • 8.2K
    SHARES
  • इरान अशान्ति: प्रदर्शनमा उत्रिएकी भाइरल युवतीको गोली हानेर हत्या
    तेहरान । आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर इरानमा विगत १२ दिनदेखि हिंसा चर्किएको छ । घातक अशान्तिले इरानलाई हल्लाएको छ ।  सरकारले गरेको दमनबीच भएको विरोध प्रदर्शनमा अग्रमोर्चामा होमिएकी एक भाइरल युवतीलाई प्रहरीले गोली हानेर हत्या गरेको छ ।  २० वर्षीय हिदिस जबाफीको हत्या भएको हो । 

    उनको अन्त्येष्टिको एक भिडियो भाइरल भएको छ, जसमा शोकाकुल मानिसहरू भर्खरै खनेको चिहानमा उनको फोटो देखेर रोइरहेका छन् । रिपोर्टअनुसार उनको पेट, गर्धन र हातमा गोली लागेको छ ।

    हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनमा अहिलेसम्म ७६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु भएको नर्वेस्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स (आइएचआर)ले जनाएको छ
     

    आश्विन १२, २०७९ बुधवार १२:२६:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इरान अशान्ति

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend