Logo

आइतवार, मंसिर ११ गते २०७९

पाकिस्तानमा चिनियाँमाथि हमलाः १ जनाको मृत्यु २ घाइते

पाकिस्तानमा चिनियाँमाथि हमलाः १ जनाको मृत्यु २ घाइते

नेपालपाना आश्विन १३ २०७९
  • 4.2K
    SHARES
  • पाकिस्तानमा चिनियाँमाथि हमलाः १ जनाको मृत्यु २ घाइते

    इस्लामाबाद। पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एउटा दन्त चिकित्सालयमा अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा एक चिनियाँ नागरिकको मृत्यु भएको छ र अन्य दुई जना घाइते भएका छन् । उनीहरूविरुद्ध लक्षित हमला भएको पाकिस्तानी प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार आक्रमणकारीहरू बिरामी भएको बहाना गर्दै कराँचीको सदर क्षेत्रमा रहेको क्लिनिकमा प्रवेश गरेका थिए । घाइते हुनेमा एक महिला पनि छन् । पीडित सबै चिनियाँ नागरिक रहेका प्रहरीले पुष्टि गरेको छ । घाइते दुबै जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको पेटमा गोली लागेको छ । घटबारे अनुसन्धान गर्न सिन्ध प्रान्तका मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।

    आश्विन १३, २०७९ बिहिवार ११:१८:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend