Logo

सोमवार, मंसिर १२ गते २०७९

कांग्रेसमा महिलाहरुको हिम्मत बन्दै आरजु, आफू पछि हटेर अरु नेतृलाई प्रत्यक्षमा मौका दिँदै

कांग्रेसमा महिलाहरुको हिम्मत बन्दै आरजु, आफू पछि हटेर अरु नेतृलाई प्रत्यक्षमा मौका दिँदै

नेपाल पाना आश्विन १७ २०७९
  • 2.8K
    SHARES
  • कांग्रेसमा महिलाहरुको हिम्मत बन्दै आरजु, आफू पछि हटेर अरु नेतृलाई प्रत्यक्षमा मौका दिँदै

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले महिलाहरुलाई अगाडि बढाउन पहलकदमी लिएकी छन् ।

    सबै पार्टीमा महिलाहरुले प्रत्यक्षतर्फ ३३ प्रतिशत टिकट माग गरिरहेका बेला प्रथम महिलासमेत रहेकी केन्द्रीय सदस्य आरजुले कांग्रेसमा महिलाहरुलाई अगाडि बढाउन नेतृत्व लिएकी हुन् । यसका लागि उनले आफू पछि हटेर अरु नेतृलाई मौका दिएकी छन् ।

    आरजुको नाम कैलाली ५ का साथै अन्य क्षेत्रबाट पनि सिफारिस भएको थियो । तर उनले आफू स्थापित भइसकेको र अरु महिला नेतृलाई मौका दिनुपर्ने भन्दै पछि हटिन । उनले आफूलाई समानुपातिकमा खुम्च्याइन् । आरजु अरु नेतृका लागि आफू पछि हटेपछि कांग्रेसमा महिलाहरुले अपनत्व महसुस गरेका छन् । उनीहरुले आरजु आफ्नो हिम्मत भएको बताउने गरेका छन् ।

    कैलालीकी कांग्रेस नेतृ रक्षा महरा भन्छिन्, ‘आरजु भाउजु हामी समग्र महिलाको हिम्मत हो । उहाँले पार्टीमा पनि महिलाको प्रतिनिधित्वका लागि लड्नु भएको छ । प्रत्यक्षतर्फको चुनावमा महिलाहरु प्रतिस्पर्धा गर्नुपर्छ भनेर इन्करेज पनि गरिरहनुभएको छ ।’ आरजुले स्वयं सार्वजनिक कार्यक्रममा हरेक क्षेत्रमा जस्तै राजनीतिमा महिलाहरु अगाडि आउनुपर्नेमा जोड दिँदै आएकी छन् ।

    कांग्रेस नेतृ रमिता देउवा पार्टीमा आरजु भाउजुको उपस्थितिले गर्वको महसुस भएको बताउँछिन् । पार्टी र विभिन्न फोरममा उपस्थित भएर स्पष्ट अडान राख्ने, महिलाको हक हितका लड्ने आरजुको योगदानले राजनीतिमा आफूहरुको मनोबल बढेको उनी बताउँछिन् ।

    अहिले चुनाव नजिकिँदै गर्दा पार्टीमा महिलालाई बढीभन्दा बढी अवसर दिने, टिकट दिलाउने, प्रत्यक्षमा प्रतिस्पर्धा गर्न प्रेरित गर्ने काममा आरजु लागेकी छन् । बालुवाटार स्रोतकाअनुसार आरजुले महिलाले अधिकतम टिकट पाउनुपर्ने भनेर पार्टीका नेताहरुसँग अडान राख्दै पहल गरिरहेकी छन् ।

    आश्विन १७, २०७९ सोमवार २०:५१:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. आरजु राणा देउवा

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend