Logo

सोमवार, मंसिर १२ गते २०७९

विश्वकप हेर्न अतिरिक्त ५०० शुल्क लिने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

विश्वकप हेर्न अतिरिक्त ५०० शुल्क लिने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

नेपालपाना कार्तिक २२ २०७९
  • 1.1K
    SHARES
  • विश्वकप हेर्न अतिरिक्त ५०० शुल्क लिने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

    काठमाडौं। कतारमा हुने विश्वकप फुटबल हेर्न अतिरिक्त ५०० रुपैयाँ लिने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । 

    विश्वकप फुटबल हेर्नका लागि नेपाली प्रतिग्राहकबाट अतिरिक्त ५०० रूपैयाँ असूल्ने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

    अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई राउतको इजलासले २७ कात्तिकमा छलफलका लागि बोलाएको छ । 

     

    कार्तिक २२, २०७९ मंगलवार १७:०१:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend