Logo

सोमवार, मंसिर १२ गते २०७९

तिब्बती मूलका नेपालीले मतदान गर्ने केन्द्रमा चीनको रेकी, सुरक्षामाथि ठाडै चुनौती

तिब्बती मूलका नेपालीले मतदान गर्ने केन्द्रमा चीनको रेकी, सुरक्षामाथि ठाडै चुनौती

नेपाल पाना मंसिर ४ २०७९
  • 1.6K
    SHARES
  • तिब्बती मूलका नेपालीले मतदान गर्ने केन्द्रमा चीनको रेकी, सुरक्षामाथि ठाडै चुनौती

    काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत आइतबार भएको मतदानको उत्तरी छिमेकी चीनले रेकी गरेको खुलेको छ ।

    खासगरी तिब्बती मूलका नेपाली नागरिकलाई लक्षित गरेर चीनले अवैधानिक रुपमा नेपाली सुरक्षा रणनीतिलाई चुनौती दिँदै निगरानी गरेके हो । स्थानीय सुरक्षाकर्मीकाअनुसार चिनियाँ दूतावासको गाडी आज बिहान बौद्धस्थित एक मतदान केन्द्र (पुलबारी स्कुल) पुगेको थियो ।

    एक चिनियाँ अधिकारी र १ नेपाली कर्मचारी मतदान केन्द्रमा प्रवेश गरेका थिए । नेपाली नागरिकता बोकेका अधिकांश तिब्बती तथा बौद्ध समुदायले यस मतदान केन्द्रमा मतदान गर्ने भएकाले पुलबारी विद्यालयको मतदान केन्द्र एउटा महत्वपूर्ण बुथ हो । उनीहरुले यहाँ रेकी गरेका थिए । जसमा नेपाली सुरक्षाकर्मीले असन्तुष्टि जनाएका थिए ।

    मंसिर ४, २०७९ आइतवार १४:३३:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चिनियाँ कर्तुत

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend