Logo

आइतवार, मंसिर ११ गते २०७९

अर्थमन्त्री शर्मालाई सुरुवाती अग्रता, चौथोपटक विजयी हासिल गर्ने दाउमा

अर्थमन्त्री शर्मालाई सुरुवाती अग्रता, चौथोपटक विजयी हासिल गर्ने दाउमा

नेपालपाना मंसिर ६ २०७९
  • 903
    SHARES
  • अर्थमन्त्री शर्मालाई सुरुवाती अग्रता, चौथोपटक विजयी हासिल गर्ने दाउमा

    सुर्खेत। शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका अर्थमन्त्री जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन् ।

    मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा माओवादी केन्द्रका उम्मेदवार शर्माले पहिलो चरणमा गणना भएका ७३७ मतमध्ये ३५९ मत ल्याएका छन् । उनका उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार नन्दराम देवकोटाले २४९ मत ल्याएका छन्। शर्मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् ।

    २०६४ सालदेखि निरन्तर विजयी हासिल हुँदै आएका शर्मा यसपटक चौथो विजयको दौडमा छन् । 

    राप्रपाका उम्मेदवार दिपककुमार मल्लले ७० मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार तारक केसीले २७ र हरिबहादुर पुनले दुई मत ल्याएका छन्।

    मंसिर ६, २०७९ मंगलवार १२:३२:२१ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend