काठमाडौं । गायक सुरज थापाले ‘आएन परदेशी’ बोलको नयाँ गीत ल्याएका छन्। थापाले सो गीतको भिडियो आफ्नै युट्युब च्यानलबाट मंगलबार सार्वजनिक गरेका हुन्।
थापा स्वयम्ले निर्देशन गरेको गीतमा उनले नेपालको ग्रामीण परिवारको यथार्थ घटनालाई भिडियोमा उतारेका छन्। रोजगारीका लागि विदेशीएका नेपालीको यथार्थ जीवनलाई चित्रण गर्दै गायक थापाले गीत ल्याएका हुन्। उनले आफ्नै गृह जिल्ला कोहलपुर चिसापानीको ग्रामीण क्षेत्रमा भिडियो छायांकन गरेका छन्।
उत्तम हुमागाईंले छायांकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन्। गीतमा चन्द्रबहादुर थापाको कथा रहेको छ। सुरजकै शब्द, संगीत तथा एरेज रहेको गीतमा धर्म गन्धर्वको सारंगी, किशन श्रेष्ठले मिक्सिङ रहेको गीतलाई अलिक केसीले रेकर्ड गरेका हुन्।
भिडियोमा कलाकार मनबहादुर थापा (बाबा), कबीराम थापा (जेठा बाबा), दिलमाया थापा (आमा), चन्द्रबहादुर थापा (दाजु), तारा थापा (बहीनी) सँगै आरुशी परियारले अभिनय गरेका छन्।
सँगै बाल कलाकारमा एन्जल थापा (भान्जी), मनन थापा (छोरा), गौरब थापा (भाइ) , जुनु थापा (छोरी) को अभिनय समेटिएको छ।