Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

नामिबियाको जेलमा २८६ विदेशी नागरिक बन्दी

नामिबियाको जेलमा २८६ विदेशी नागरिक बन्दी

नेपालपाना फाल्गुण ११ २०७५
  • 19.4K
    SHARES
  • नामिबियाको जेलमा २८६ विदेशी नागरिक बन्दी

    विन्धोक । नामिबियाको कारागारमा विभिन्न देशका २८६ विदेशीहरु रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सुधार सेवा कार्यालयका अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार सवैभन्दा धेरै जाम्बियाका नागरिक रहेका छन् । 

    उनीहरुले नामिबियाको कारागारमा जाम्बियाका १२० जना रहेको र ती मध्ये एक जना महिला रहेको पनि जानकारी दिएका छन् । कारागारमा रहेकामध्ये सवैभन्दा धेरै ४१ जना आक्रमणको मुद्दामा परेका हुन् । त्यसपछि धेरै १९ जना बलात्कारको मुद्दामा जेल परेका हुन् । 

    नामिबियाको कारागारमा रहेका विदेशीहरूमध्ये दोस्रो धेरै ९१ जना अङ्गोलका रहेका छन् । उनीहरुमध्ये धेरैजसो आक्रमण सम्वन्धी र लागुऔषधसम्बन्धी अपराधमा कारागार चलान भएका हुन् । त्यस बाहेक जिम्बाब्बे, दक्षिण अफ्रिका, तान्जेनियालगायतका देशका नागरिक पनि नामिबियाको कारागारमा रहेको अधिकारीहरुले जनाएका छन् । 

    फाल्गुण ११, २०७५ शनिवार १६:४०:५८ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend