Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

दाइजोको कहर...गरिब बाबु जोगाउन छोरीले गरिन आत्महत्या

दाइजोको कहर...गरिब बाबु जोगाउन छोरीले गरिन आत्महत्या

नेपालपाना फाल्गुण १३ २०७५
  • 23.9K
    SHARES
  • दाइजोको कहर...गरिब बाबु जोगाउन छोरीले गरिन आत्महत्या

    पर्सा । दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका, ३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेको थियो ।

    छिमेकी निचुटा गाउँका एक युवकसँग उनको टीकाटालो भएका थियो । दाइजो कसरी दिउँ भन्दै उनका पिताले गुनासो गरेका उनले सुनेकी थिइन् । टीकाटालो रद्द भएपछि उनी सुर्ताउन थालिन् ।

    यसपटक भने सीमापारि भारतबाट केटा पक्ष आउन लागेका थिए । केटा पक्षले ५० हजार नगद मागेको आफ्ना पिता चन्द्रिका मुखियाले शनिबार राति घरमा सुनाए । परिवारमा फेरि नियास्रो वातावरण छायो । केटा पक्ष सोमबार टीकाटालो गर्न आउँदै थिए । दुई दिनअघि लालसाकुमारी आफैसँग हारिन् । प्रहरीका अनुसार उनले आत्महत्या गरिन् । 

    परिवारले उनको शव सद्गत गर्न लाग्दा आइतबार मध्याह्न् प्रहरीले स्थानीय चन्दावती खोलाबाट नियन्त्रणमा लियो । पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल पु-याएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी अनन्तराम शर्माका अनुसार किशोरीको स्वाभाविक मृत्यु नभई आत्महत्या भएको सूचना आएपछि प्रहरी टोली आर्यघाट पुगेको हो । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

    फाल्गुण १३, २०७५ सोमवार ०८:०३:३३ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend