Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

गढिमा शान्ति पार्कको निर्माण हुँदै, सवैभन्दा ठूलो शिवलिङ्ग निर्माण

गढिमा शान्ति पार्कको निर्माण हुँदै, सवैभन्दा ठूलो शिवलिङ्ग निर्माण

नेपालपाना फाल्गुण १८ २०७५
  • 24.7K
    SHARES
  • गढिमा शान्ति पार्कको निर्माण हुँदै, सवैभन्दा ठूलो शिवलिङ्ग निर्माण

    सुनसरी । गढि गाँउपालिका १ मधेलीमा ३२ करोडको लगानीमा शान्ति पार्कको निर्माण भइरहेको छ । व्रह्मकुमारी राजयोग सेवा केन्द्रले दुई विगाह दुई कठ्ठा १६ धुर जग्गामा शान्ति पार्क निर्माण गरिरहेको हो । 

    पार्कमा प्रदेश नम्वर १ कै सवैभन्दा ठूलो ३० फिटको शिवलिङ्ग निर्माण गरिएको छ । त्यहाँ पिरामिड आकारको ध्यान कक्ष वनाइएको छ । दुई हजार जना अटने हल वनाउने तयारी रहेको छ ।

    तीन बर्ष भित्रमा पार्क निर्माण पूरा हुने वताइएको छ । जीवनलाई सकारात्मक वनाउदै आध्यामिक जागरण र पर्यटनको विकासका लागि पार्क निर्माण गरिएको जनाएके छ । 

    पार्क निर्माणका लागि स्व कुमार शमशेर थापाको स्मृतिमा उनकी श्रीमति किरण थापाले सो जग्गा निशुल्क प्रदान गरेका छन् । महाशिवरात्रीका अवसरमा प्रदेश नम्वर १ का २२ वटै सेवाकेन्द्रले संयुक्त रुपमा महाशिवरात्री शान्ति महोत्सव गर्न लागेको जनाएको छ ।

    फाल्गुण १८, २०७५ शनिवार १५:२२:२२ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend