Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

यसरी मनाइँदैछ पशुपतिमा महाशिवरात्री

यसरी मनाइँदैछ पशुपतिमा महाशिवरात्री

नेपालपाना फाल्गुण २० २०७५
  • 28.9K
    SHARES
  • यसरी मनाइँदैछ पशुपतिमा महाशिवरात्री

    काठमाडाैं । आज फागुन कृष्ण चतुर्दशी अर्थात आराध्यादेव भगवान शिवजी उत्पति हुनुभएको रात ! हिन्दु बहुल नेपालमा यो पर्व शिवजीको पुजा-आराधना गरि धुमधामका साथ मनाइँदैछ । 

    हिन्दु धर्मभित्रका सबै सम्प्रदायले आज बिहानैदेखि नजिकका नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयहरूमा श्रद्धाभक्तिका साथ भजन-किर्तन र पुजाआराधना गरिरहेका छन् । 

    शिव पुराणलगायतका धार्मिक ग्रन्थमा उल्लेखित प्रमुख चार रात्रीहरू (कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री) मध्ये शिवरात्री प्रमुख पवित्र पर्व हो । भगवान शिवजी यही रात उत्पती हुनुभएको विश्वास गरिन्छ । दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने पर्वको रूपमा पनि शिवरात्री मनाउने गरिन्छ । 

    शिवरात्रीमा बसिने व्रत सर्वोत्तम व्रतका रूपमा लिइन्छ । ब्रत बसेका भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

    शिवरात्री नेपालको राष्ट्रिय सांस्कृतिक पर्व हो । आजकै रात पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

    पशुपतिनाथ मन्दिर परिसरमा स्वदेश तथा विदेशका तीर्थयात्रीको घुइँचो लागिरहेको छ । पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपती क्षेत्रका चारै ढोका खोलिदिएको छ । यतिखेर दशाैं लाख भक्तजन पशुपतिनाथ मन्दिर र सो क्षेत्रमा पुगेका छन् । 

    राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर, वसन्तपुरस्थित शिव मन्दिरलगायत उपत्यका बाहिरका खोटाङको हलेसी धाम, अछामको वैजनाथ धाम, सिन्धुलीको कुशेश्वरलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागिरहेको छ ।

    महाशिवरात्रिको अवसरमा आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले दर्शन एवं पूजाआजा गर्नुहुने कार्यक्रम रहेको कोषले जनाएको छ । नेपाली सेनाले पनि शिवरात्रीकै दिन शैनिक दिवस मनाउने गर्छ ।

    फाल्गुण २०, २०७५ सोमवार १०:२५:५० बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend