Logo

शनिवार, आषाढ ११ गते २०७९

images

मिथिलामा होलीको रौनक, जोगिरा सर..र...र....

मिथिलामा होलीको रौनक, जोगिरा सर..र...र....

नेपालपाना चैत्र ३ २०७५
  • 34.9K
    SHARES
  • मिथिलामा होलीको रौनक, जोगिरा सर..र...र....

    सप्तरी । होलीको रौनक सप्तरीसहित मिथिलाञ्चलमा सुरु भएको छ । रंग र अबिरको पर्वको रुपमा चिनिने होलीको रौनक आएको हो । होली है बुरा मत मानो, जोगिरा सर..र...र जस्ता सुमधुर होलीका गीतहरु अहिले मिथिलाञ्चलका विभिन्न ग्रामिण भेगहरुमा जताततै गुन्जिरहेको छ ।

    मिथिलाञ्चलमा श्रीपञ्चमी अर्थात सरस्वती पुजाबाट नै होलीको रौनक र जोगीरा खेल्ने क्रम सुरु हुने गरेकोमा यस वर्र्ष होलीको एक हप्ता अगाडिबाट मात्र सुरु भएको स्थानीयहरुले बताएका छन् ।

    विगतमा जस्तो बढी चर्चामा नरहे पनि गाउँगाउँमा होलीको गीत र जोगीरा गाउने क्रम बढेको छ । यहाँका स्थानीयहरुले विधिपूर्वक चीर ठड्याई यस वर्षको फागु (होली) पर्वको गीत र जोगीरासँगै सुरु भएको स्थानीय जानकारहरु बताउँछन् । 

    चैत्र ३, २०७५ आइतवार १६:४५:१७ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend