Logo

मंगलवार, श्रावण ३१ गते २०७९

images

अनमोललाई उछिन्दै प्रताप नम्बर १ ट्रेन्डिङमा पर्न सफल

अनमोललाई उछिन्दै प्रताप नम्बर १ ट्रेन्डिङमा पर्न सफल

नेपालपाना चैत्र १२ २०७५
  • 24.1K
    SHARES
  • अनमोललाई उछिन्दै प्रताप नम्बर १ ट्रेन्डिङमा पर्न सफल

    काठमाडौं । गायक प्रताप दासको नयाँ गित ‘बस बस रे’ युट्युब ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ । ४ दिन अघि सार्वजनिक अनमोल केसी अभिनित ‘ए मेरो हजुर–३’ को गीतलाई उछिन्दै ‘बस बस रे’ १ नम्बरमा पर्न सफल भएको हो । 

    डि।पि खनालले लखेका शब्दमा भिम बिसीको संगीत र उदयराज पौडेलको संगीत संयोजनको तादम्यता गजवले झल्किएको छ । प्रताप दासलाई पाश्र्व गायनमा एन्जिला रेग्मीले साथ दिएकी छन् । 

    कार्टुन्ज् क्र्यूको नृत्य सहितको अभिनयले भिडियो थप रमाइलो बनेको छ । सार्वजनिक भएको ३ दिनमै गीतको भिडियोलाई युट्युबमा झण्डै १० लाख दर्शकले हेरिसकेका छन् । गीत कार्टुन्ज् क्र्यूका आधिकारीक युट्युब च्यानलमा हेर्न सकिन्छ ।

    चैत्र १२, २०७५ मंगलवार १५:२३:३७ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend