Logo

शनिवार, मंसिर १३ गते २०७७

बेइमान कर्मचारका कारण नेपाल वायुसेवा निगम टाट पल्टँदै

नेपालपाना चैत्र १९ २०७५
  • 2.3K
    SHARES
  • बेइमान कर्मचारका कारण नेपाल वायुसेवा निगम टाट पल्टँदै

    काठमाडौं । राष्ट्रिय ध्वा।जाबाहक नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरु विदेशी वायुसेवा कम्पनीको प्रलोभनमा पर्दा पर्याप्त गन्तव्य हुँदाहुँदै पनि जहाज थन्क्याएर नयाँ गन्तव्य खोज्दै हिँडेको पाइएको छ ।

    निगमले हालका गन्तव्यमा उडान संख्या थपेर जहाज उपयोग गर्न सक्ने अवस्था छ । तर, गन्तव्य नपाएको बहानामा जहाज थन्क्याएर राखिएको छ ।

    निगमको मासिक घाटा ३१ करोड ७७ लाख रुपैयाँ छ । तैपनि भएको स्रोत, साधानको उच्चतम उपयोग गरेर आम्दानी बढाउनेतर्फ निगम व्यवस्थापन उदासीन छ ।

    निगमसँग अन्तर्राष्ट्रिय उडान गर्ने एक बोइङ, दुई न्यारो बडी र दुई वाइड बडी गरी पाँच जहाज छन् । तीमार्फत निगमले एक दिनमा ७० घण्टा उडान गर्न सक्छ ।

    तर, अचेल दैनिक सरदर ३४ घण्टा मात्रै जहाज उडिरहेको तथ्यांक छ उडाउनु पर्नेभन्दा आधा समय मात्रै उडाउँदा पनि जहाजको आम्दानीमा रामै्र छ । नागरिक दैनिकमा यो खबर छापिएको छ ।


    चैत्र १९, २०७५ मंगलवार ०६:३७:२९ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana