Logo

शनिवार, मंसिर १३ गते २०७७

जुगल हिमाल चढ्न गएको टाेली अलपत्र 

नेपालपाना चैत्र २६ २०७५
  • 1.3K
    SHARES
  • जुगल हिमाल चढ्न गएको टाेली अलपत्र 

    सिन्धपाल्चोक । जुगल हिमाल आरोहणमा गएको आरोहण टोली बीच बाटोमै अलपत्र परेको छ । लगातारको वर्षाले भारी हिमपात भएपछि आरोहण टोली चार हजार ७२४ मिटर उचाइको बेसक्याम्पमै अलपत्र परेको हो । 

    आइतबार आरोहण टोलीका सदस्य एवं नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले आफू अस्वस्थ रहेको र खाद्यान्नसमेत सकिएको जानकारी गराउनुभएपछि सोमबार सिम्रिक एअरको हेलिकप्टरले खाद्यान्न पुर्‍याइएको र त्यही हेलिकोप्टरमा अस्वस्थ भएका नेता सापकोटा राजधानी फर्किएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

    आरोहण दलका अर्का सदस्य सुभाष कर्माचार्य भने स्वास्थ्यमा समस्या आएपछि यसअघि नै फर्किसकेका छन् ।


    चैत्र २६, २०७५ मंगलवार ०८:२३:२३ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana