Logo

बुधवार, आषाढ २ गते २०७८

११ बर्षपछि निगमको विमान जापानमाथि उड्दै 

११ बर्षपछि निगमको विमान जापानमाथि उड्दै 

नेपालपाना चैत्र २६ २०७५
  • 22.3K
    SHARES
  • ११ बर्षपछि निगमको विमान जापानमाथि उड्दै 

    काठमाडौं । नेपाल वायुसेवा निगमले जुलाईको पहिलो हप्ताबाट जापान उडान गर्ने भएको छ ।

    जापान सिभिल एभिएसन ब्युरो (जेक्याब) बाट सुरक्षाको अनुमति पाएसँगै उडान हुने पक्का भएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताउनु भयो । 

    सहप्रवक्ता कोइरालाले भन्नु भयो, ‘अब अपरेटिङ परमिट पाएसँगै जुलाईबाट उडान हुने निश्चित भएको हो ।’ ४५ दिनमा नै अपरेटिङ परिमिट पाउने भए पनि विमानस्थलको निमार्ण कार्य भइरहेको भएकाले उडान ढिला हुने भएको निगमको जापानका लागि स्टेसन म्यानेजर सन्तोष पाण्डले बताए ।

    पाण्डको अनुसार जापान उडानको पहिलो यात्रा नेपाल एयरलाइन्सले जुलाई ४ तारिखमा गर्ने भएको छ । यो खबर नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

    चैत्र २६, २०७५ मंगलवार ०८:३५:२८ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana