Logo

शनिवार, मंसिर १३ गते २०७७

नेपाललाई १८ करोड बक्यौता नतिर्दै भारतको जेट एअरवेजको उडान बन्द

नेपालपाना चैत्र २९ २०७५
  • 1.5K
    SHARES
  • नेपाललाई १८ करोड बक्यौता नतिर्दै भारतको जेट एअरवेजको उडान बन्द

    काठमाडौं । आर्थिक रुपमा टाट उल्टनेतर्फ उन्मुख भारतीय विमान सेवा कम्पनी जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबारदेखि सोमबारसम्म काठमाडौं उडान नगर्ने अनौपचारिक जानकारी जेट एयरवेजले दिएको छ ।

    स्रोतले भन्यो अनौपचारिक जानकारी आएको छ, उनीहरुका धेरै जहाज ग्राउन्डेड भएका कारण उडान रोकेको हुनुपर्छ । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलाई जेट एयरवेजले विमानस्थलको सेवा प्रयोग गरेबापत १८ करोड रुपैयाँ तिर्नुपर्ने बक्यौता छ ।

    आर्थिक रुपमा समस्याग्रस्त भएको यस एयरवेजको सेवा बन्द हुँदा बक्यौता उठाउन कठिन हुन सक्नेछ । यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।


    चैत्र २९, २०७५ शुक्रवार ०७:४१:५८ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana