Logo

शनिवार, मंसिर १३ गते २०७७

हाम्रो यात्रा: खैरावाङ भगवतीको दर्शन

नेपालपाना बैशाख ३ २०७६
  • 2.3K
    SHARES
  • हाम्रो यात्रा: खैरावाङ भगवतीको दर्शन

    वि.सं २०७५ बैशाख २६ गते बुधवार  बिहान ५ बजेको समय दुई दिन पहिलेको आपसी सल्लाह र निधोअनुसार दाई मदनकुमार आचार्य, रणेन्द्रबिक्रम केसी, रण्ोन्द्रबिक्रम केसीकी छोरी रेजा केसी र म बिहानैे खैरावाङ भगवतीको दर्शनको लागि सल्यानतिर ल्याग्याँै । मेरो पुख्र्यौली थलो सल्यान जिल्लाका विभिन्न मनोरम दृष्यहरुको अवलोकन गर्दै खैरावाङ भगवतीको मन्दिरमा पूजाआजा गर्ने र खैरावाङ भगवती भुवनेश्वरीको दर्शन गर्न जाने धोको मेट्न सहयात्रामा निस्क्यौँ । 

    पूजाआजाको सरसामान सहितको झोला बोकेर बोलोरो गाडीमा चढेर बिहानै तुलसीपुर बजारबाट सल्यानतिर जादैँ गर्दा बाटोमा पर्ने बनजंगल, भिरपाखा र बनमा सुरिलोभाकामा गीत गाईरहेका चराचुरङी कोइलीको काफल पाक्यो भन्नेसुमधुर स्वरको आवाजको आन्नद लिँदै त्यहाँका मनोरम दृष्यको अवलोकन गर्दै सात बजेतिर दाङ र सल्यानको सिमानामा पर्ने राम्रीको चिसो पानी खाएर करिव ८ बजेतिर सल्यान जिल्लाको प्रसिद्ध बजार कपुरकोटमा चिया खाएर हामी अघाडि बढ्याँै । 

     

    गाडीमा दाइ मदनकुमार आचार्यले खैरावाङ भगवतीको उत्पति र महत्वको बारेमा प्रकाश पार्नु भयो । उहाँँले खैरावाङ भगवती साक्षात भएको र  भगवतीको पवित्र मनले पूजाआजा गरेमा मनोकांक्षा पुरा हुने बताउनु भएको थियो । आफु सकेसम्म वर्षमा एक पटक भएपनि खैरावाङ भगवतीको दर्शन गर्न आएको र अहिले बलि दिन बोको ल्याएको उहाँको कथन थियो । हिन्दू धर्मअनुसार धैरै शक्तिपीठहरु छन त्यस मध्यै चर्चित एक शक्तिपीठ खैरावाङ भगवतीको मन्दिर हो । 

    उक्त मन्दिरमा हामी सबैका पिय्र स्वर्गीय राजा विरेन्द्र बिक्रम शाह र रानी ऐश्वर्यको शाहको विक्रम सम्वत् २०४४ सालमा सवारी भएको थियो । उहाँहरुको सवारी पश्चात खैरावाङ भगवतीको मन्दिरको मर्मत सम्भार गरि आधुनिक शैलीको अत्यन्त सुन्दर मन्दिर निर्माण भएको हो । गाडीका चालक फर्सारामले गाडीमा धार्मिक भजन  लगाइ दिएर हाम्रो यात्रामा अझ रमाइलो थपिदिन्छन । बिहानको ९ बजेतिर सल्यान जिल्लाका ल्वाम बजार पुगेपछि केहिबेर गाडि रोकेर त्यस क्षेत्रको मनोरम फाँट फलबाङी राजाको ज्यूला र दरवार तलैदेखि  अवलोकन ग¥यौ । हामीसँग यात्रा गरिरहेका रणेन्द्र केसीको ससुराली घर त्यहि रहेछ । 

    उहाँकी छोरी रेजा केसीले मामा घर बस्ने साह्रै जीद्दि गरिन उनीको बाल जिद्दिलाई चाहेर पनि स्वीकार गर्न सकिएन बरु फर्कन्दा पस्ने बचन दियौँ । दाई मदनकुमार आचार्यले पनि आफ्नो पुर्खौली ठाँउ फलबाङ हेर्न जाने मनशाय ब्यक्त गर्नु भयो तर समय अभावकै कारण त्यस दिन जान सकिन फेरि अर्काे पटक फलबाङ जाने सहमति गरेर त्यस क्षेत्रको अवलोकन गर्दै घोप्टाअम्रै हुँदै सल्यानको पूण्यभूमि शंखमुल पुग्यौँ र दर्शन ग¥यौ सल्यान जिल्लाको पबित्र शारदा नदी नियाल्दै सल्यान जिल्लाका सुन्दर नगर सितलपाटी पुग्यौँ । दाङबाट दाइ बिनोद शर्माले पटक पटक फोन गरे हाम्रो यात्रालाई अझैँ प्रफुल्लित बनाइरहनु भएको थियो । 

    श्रीनगर बजारमा मित्र चुडमणि न्यौपानेलाई संगै लिएर खैरावाङ भगवतीको दर्शनको लागि उकालो लाग्याँै । मित्र चुडमणी न्यौपानेले हामीहरुको लागि खानेपानीको व्यवस्था गर्नु भएको रहेछ पानी खादैँ उकालो चढ्यौँ बाटोमा मित्र चुडामणिले खैरावाङ भगवतीको बारेमा थप चर्चा गर्नु भयो करिव १० बजेतिर खैरावाङ भगवती थान पुग्यौ । दाइ मदन आचार्य र मैले सप्तशक्ति पाठ ग¥यौँ मित्र रणेन्द्र विक्रम केसी, चुडामणि न्यौपानेले पूजा सामाग्री तयार गर्नु भयो र मन्दिरका पूजारी रमण शर्माले विधिवत् तरिकाले भगवतीको पूजाआजा गराउनु भयो । 

    त्यसपछि भैरव थानको पूजाआजा ग¥यौ । मन्दिरका पुजारीले संकल्प गराई बोका बली  अर्पण गरियो । खैरावाङ मन्दिरको पूजाआजा गरेपछि मन्न प्रफुल्लित भयो । चिटिक्क मिलेका ढ्ङगाको बाटो सिहंमर्मर ढुङगा बिच्छाएको शान्त पवित्र स्थल खैरावाङ वास्तवमा मै स्वर्ग रहेछ । चारैतिर डाँडापाखा देखिने अति पवित्र स्थल रहेछ । खैरावाङ भूवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक पर्यटनको एक महत्वपूर्ण स्थल रहेछ । सल्यान जिल्लाको शारदा नगरपालिका अवस्थित खैरावाङ मन्दिर समुन्द्री सतहबाट एक हजार ६ सय फिट अग्लो पाहाडमा अवस्थित छ । सल्यान जिल्लाको सदरमुकाम खलंगा देखि १६ किलोमिटर पूर्वी पहाडमा अवस्थित छ । 

    सदरमुकाम खलंगाबाट पैदलयात्र खैरावाङ पुग्न करिब तीन घण्टा लाग्छ भने सल्यानको व्यापारिक केन्द्र श्रीनगरबाट पुग्न दुई घण्टा जति लाग्छ । तर अहिले मोटर बाटोको सुविधा भएकोले श्रीनगरबाट जान सकिन्छ भने सदरमुकाम खलंगा देखि साउटोला, हिवल्चा हुँदै गाडि जाने गरेका छन् । खैरावाङ भगवती भूवनेश्वरी मन्दिरमा बडादशै, चैते दशै शुक्ल पक्ष, मंगलबार र शनिबार बिशेष आराधाना गर्नेको घुईचो लाग्ने गरेता पनि खैरावाङ भगवती भूवनेश्वरी मन्दिरमा वर्षाै भरि भक्तजनहरु आउने गर्दा रहेछन् । 

     

    धार्मिक पर्यटनको धरोहर खैरावाङ भगवतीको दर्शन गर्न सल्यान जिल्लाका बासिन्दा मात्र नभई छमेकी जिल्ला दाङ, रोल्पा, रुकुम, जाजरकोट, सुर्खेत, बाके, बर्दिया, प्यूठान, अर्घाखाँची लगायत देशका विभिन्न क्षेत्रबाट भक्तजनहरु दर्शन गर्न आउनुको साथै छिमेकी देश भारतबाट पनि आउने गरेको जानकारी सल्यान जिल्लाका ऐतिहासिक सामाजिक धार्मिक राजनीतिक व्यक्तित्व पवित्रराज न्यौपानेले गराउनु भयो । मन्दिरमा मोटर बाटो विद्युत, टेलिफोनको सुविधा छ । मन्दिर २७ रोपनी जग्गामा फैलिएको बिशाल रहेछ ।
        
    त्यस क्षेत्रका वासिन्दाहरु पनि  धार्मिक प्रवृत्तिका, सरल मेहनति रहेछन । कोही सरकारी ठूलो ओहदामा रहेछन भने अधिकांश बासिन्दाहरु, कृषि, पशुपालन, जडिबुटी व्यवसायमा आश्रित रहेछन् । त्यस क्षेत्रमा कोदो, फापर, गहँु, जौ जस्ता अन्नबाली उत्पादन हुँदो रहेछ भने टिमुर, स्याऊ, तिमिलो, काफल, किमु, ओखर  जस्ता फलफुल प्रशस्त मात्रामा पाइदाँे रहेछ । सल्यान जिल्लाको प्रसिद्ध धार्मिक स्थल खैरावाङ मन्दिर दर्शन गर्न आउने भक्तजनहरुको सुविधाको लागि धर्मशाला, बनाइएको रहेछ  खानेपानी बस्ने व्यवस्था भएता पनि उक्त ठाँउमा  प्रयाप्त मात्रामा पानी पूर्ति हुन सकेको रहेनछ । 

    पवित्र स्थल खैरावाङ भगवती भूवनेश्वरीको दर्शन पुजाआजा गरि करिव १ बजेतिर हामी दाङ आउनको लागि लाली गुराँस, सल्लाको बन छिचोल्दै श्रीनगरतिर लाग्यौ । सल्लाका मधुर आवाज र हरियालीमा आन्नदित हुँदै दाइ मदनकुमार आचार्यले सल्लाको बिरुवा हाँगो, लालीगुराँसका फुल समेत लिएर श्रीनगर करिव २ बजेतिर आइपुग्यौ । दाङबाट दाई बिनोद शर्माले  ट्राफिक कार्यालय श्रीनगरका इन्चार्ज नेपाल प्रहरिका साहयक निरक्षक गोपालप्रसाद शर्मालाई हामी आउँदै गरेको जानकारी गराउनु भएको रहेछ साहयक निरक्षक शर्माले हामी श्रीनगर पुग्दा चियाको बन्दोबस्त गर्नु भएको थियो । 

    साहयक निरक्षक शर्माको आथित्यलाई स्वीकार्दै हामीले चिया नास्ता खाएर हामीसंगै गएका मित्र चुडामणि न्यौपानेको ससुराली घर श्रीनगरमा रहेछ । उहाँले खाना बनाउन पठाउनु भएको रहेछ । सल्यान जिल्लाको ब्यापारी बजार श्रीनगरमा  श्रीनगर भेराइटि पसल रहेछ । न्यौपानेका ससुरा कालीराम डाँगीले किराना पसल गर्नुभएको रहेछ भने चुडमामणिका साढुभाई सल्यान उद्योग वाणिज्य संघका महासचिव भरत बस्नेत रहेछन् ।  हामी त्यही बसेर खाना खायौँ । मित्र चुडामणि न्यौपानेकी सासुआमा  अप्सरा ओली र सालि कबिता ओली बस्नेतले पकाएको खाना वास्तवमै साह्रै स्वादिलो थियो । चिसो पानी स्वादिलो खाना खाएर हो कि दुई घण्टा जति त्यहि थकान मा¥यौ ।  
        
    त्यसपछि ४ बजे शारदा नदिको किनारै किनार दाङ तिर ल्याग्यौ । फर्कने बेला ल्वाम पस्ने बाचालाई रणेन्द्र विक्रम केसीकी छोरीले भुलेकी रहेनेछिन साहै्र जिद्दी गरिन एक छिन उनको मामा घर ल्वाममा पस्यौ, उनका मामा घरका बाजे चुर्णबहादुर वली र हजुरआमा अप्सरा वलीले नातिनीलाई चिजबल, च्याउच्याउ दिनुभयो र हामीहरुले चिया खाएर त्यहाँबाट सल्यान जिल्लाको व्यापारी नाका कपुरकोट आएर केहीबेर बिश्राम गरौँ र बाटोमा दाई मदन आचार्यले चार माना जति काफल किन्नु भयो । काफल खादै पहाडको दृश्यको आनन्द लिंदै करिव सांझ ८ बजेतिर दाङ तुलसीपुर आईपुगेका थियौ । करिव १५ घण्टाको यात्रामा धेरै अविस्मरणीय क्षणहरु मुटुमा सजिएका छन् भने साझत खैरावाङ भगवतीको दर्शन पूजाआजा गर्न पाएकोमा मन खुसिले प्रफुल्लित भएको छ ।


    बैशाख ३, २०७६ मंगलवार ११:४९:३९ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana