Logo

शनिवार, मंसिर १३ गते २०७७

सगरमाथाको १ टन फोहोर काठमाडौं ल्याईयो 

नेपालपाना बैशाख ८ २०७६
  • 1.4K
    SHARES
  • सगरमाथाको १ टन फोहोर काठमाडौं ल्याईयो 

    सोलुखुम्बु । सगरमाथा क्षेत्रमा पदमार्ग एवं आरोहणका लागि गएका पर्यटक एवं सर्वसाधारण स्थानीयले फालेको एक हजार किलोग्राम फोहोर काठमाडौं ल्याईएको छ । 

    नेपाली सेनाको हेलिकोप्टरमा राखी सगरमाथाको फोहोर काठमाडौं ल्याईएको हो । फोहोर संकलनका लागि यस क्षेत्रमा सरसफाई अभियान नै सञ्चालन गरिएको थियो ।  

    स्थानीयस्तरमा व्यवस्थापन गर्न सकिने फोहोरलाई नाम्चेमै राखिएको र एक हजार किलो फोहोर ओखलढुंगामा पनि पठाईएको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ । ओखलढुंगामा पठाईएको फोहोर कुहिने खालको र काठमाडौं पठाईएको फोहोर नकुहिने खालको भएको निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जानकारी दिए । 

    १२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा वैशाख १ गतेदेखि सगरमाथा क्षेत्रको लुक्लादेखि स्याङ्बोचे क्षेत्रसम्म सरसफाई अभियान सञ्चालन गरि फोहोर संकलन गरिएको थियो । यो अभियान जेठ २२ गतेसम्म जारी रहनेछ ।


    बैशाख ८, २०७६ आइतवार ०९:२८:०२ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana