Logo

शनिवार, मंसिर १३ गते २०७७

सम्माननीय बलत्कारी ज्युँ बलत्कार पछि हत्या गरिदिनुस्

नेपालपाना बैशाख १२ २०७६
  • 7.9K
    SHARES
  • सम्माननीय बलत्कारी ज्युँ बलत्कार पछि हत्या गरिदिनुस्

    काठमाडौं । सम्माननीय बलत्कारी ज्युँ ! तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो ।

    तपाईं त बलत्कार गरेर फरार हुनु होला,
    माथि माथि चिनेका मान्यजन सँग उठ्बस होला,
    पक्राउ मा परे पनि केही बर्ष मै छुट्नु होला सायद महिना पनि
    तर मेरो के ?
    म दिन दिनै मर्ने छु 

    गाडीमा चड्दा सह चालकको छुवाइले त मलाई दिन भरी बिचल्लीत पार्दिन्छ भने,
    तपाईंका ती पशु रूपी नयन मेरा निर्दोष शरीरमा पर्दा मलाई असहय हुनेछ,
    तपाईंका अंग प्रति अंगले मेरो शरीर केलाउँदा म मरे तुल्य हुनेछ
    त्यसैले मेरो बलत्कार पछि हत्या गरिदिनुस् ।

    म आफूमाथि कुकर्म गर्ने दोषीलाई हाँसेको देखेर दिनदिनै मर्ने छु,
    बिन्ती मेरो बलत्कार पछि हत्या गरिदिनुस् ।

    मेरो सर्वांग छोपेर हिँड्दा पनि
    समाज मेरो शारीरिक बनोटको अनुमान लगाउने छन अब
    त्यसैले मलाई बलत्कार पछि मृत्युको मुहार देखाईदिनुस् । 

    म सामान्य जिवन बाँच्न सक्दिन अब
    मलाई समाजले मायाले भन्दा दयाका दृष्टिले हेर्नेछ।
    मेरो परिवार अब समाजमा अपराधी सरह हिँड्नु पर्नेछ ।

    न्याय पाउँला नपाउँला तर
    सञ्चार माध्यमका लागी म समाचारको श्रोत हुनेछ ।
    त्यसैले कृपया ममाथि दया गरेर बलत्कार पछि हत्या गरी दिनुस्,

    ममा पटक पटक जिउँदै मर्ने सहस छैन अब ।
    बिन्ती मेरो बलत्कार पछि हत्या गरी दिनुस् ।

    उही तपाईंकी
    सायद अब हुन लागेकी सिकार
    अनुप्रिया जिसी


    बैशाख १२, २०७६ बिहिवार १४:५७:३३ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana