Logo

शनिवार, मंसिर १३ गते २०७७

अब नेपालदेखि जापानसम्म सीधा उडान, निगमले पायो अनुमति

नेपालपाना बैशाख १५ २०७६
  • 1.3K
    SHARES
  • अब नेपालदेखि जापानसम्म सीधा उडान, निगमले पायो अनुमति

    काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले झन्डै एक वर्षको प्रयासपछि काठमाडौं–ओसाका सीधा उडान अनुमति पाएको छ ।

    यो वायुसेवाले जापानको नागरिक उड्डयन व्युरोबाट उडान अनुमति पाएसँगै अब उडान तालिका सार्वजनिक गर्ने भएको छ । लामो समयको प्रक्रिया पूरा गरेर बिहीबार निगमको जहाजको भाडादर स्वीकृति पाएको हो। यही प्रक्रिया पूरा गरेर निगमले जापान उडान गर्ने प्रवक्ता क्याप्टेन विजय लामाले जानकारी दिए । 

    अब यो वायुसेवाले असार १९ देखि नियमित उडान गर्ने गरी टिकट बुकिङ खुला गर्नेछ । निगमले लामो संघर्षपछि पाएको यो उडानबारे जानकारी दिन औपचारिक कार्यक्रम नै आयोजना गर्ने प्रवक्ता लामाले बताए ।

    निगमले जापानबाट पाएको यो अनुमतिपछि अब काठमाडौंको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट ओसाकास्थित कन्साई अन्तर्राष्टिय विमानस्थलमा नियमति उडान गर्ने भएको छ । 

    यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ । 


    बैशाख १५, २०७६ आइतवार ०६:५८:५५ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana