Logo

शनिवार, मंसिर १३ गते २०७७

भू-मध्य सागरमा डुंगा दुर्घटना हुँदा ६५ जना प्रवासीको मृत्यु

नेपालपाना बैशाख २८ २०७६
  • 2.5K
    SHARES
  • भू-मध्य सागरमा डुंगा दुर्घटना हुँदा ६५ जना प्रवासीको मृत्यु

    काठमाडौं । भूमध्य सागरमा प्रवासीहरु चढेको एक डुंगा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ ।

    दुर्घटनास्थलबाट १६ जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । यो डुंगा बिहीबार लिबियाबाट छुटेको र समुद्रमा उठेका ठूला छालका कारण दुर्घटना भएको जीवित व्यक्तिहरुले बताएका छन् ।

    ट्युनिसिया नजिकको समुद्रमा यो डुंगा दुर्घटना भएको संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीले जनाएको छ । डुंगामा सवार अधिकांश व्यक्ति अफ्रिकाका रहेको बुझिएको छ । दुर्घटनाको जानकारी पाउनासाथ ट्युनिसिया सरकारले माछा मार्नेहरुले प्रयोग गर्ने डुंगा उद्धारका लागि पठाएको थियो ।

    युएनएचसीआरको तथ्यांकअनुसार यो बर्षको पहिलो चार महिनामा मात्रै लिबियाबाट युरोपको बाटोमा पर्ने स्थानहरुमा डुंगा दुर्घटना हुँदा १६४ जनाको ज्यान गइसकेको छ । सबैभन्दा धेरै मानवीय क्षति भएको यो पछिल्लो दुर्घटना हो । 


    बैशाख २८, २०७६ शनिवार ०८:०५:३१ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana