Logo

शनिवार, मंसिर १३ गते २०७७

२३ औं पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताले तोडे आफ्नै 'रेकर्ड' ! 

नेपालपाना जेठ १ २०७६
  • 1.9K
    SHARES
  • २३ औं पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताले तोडे आफ्नै 'रेकर्ड' ! 

    काठमाडौं । किर्तीमानी आरोही कामिरिता शेर्पाले २३ औं पटक सगरमाथाको चुचुरोमा पुगी आफ्नै कीर्तिमान छोडेका छन् । 

    ४९ बर्षीय कामिरिता सोलुखुम्बुको थामेगाउँका बासिन्दा हुन् । यसअघि पनि सगरमाथाको सबैभन्दा बढीपटक सफलतापूर्वक आरोहण गर्ने विश्वकीर्तिमान शेर्पाकै नाममा थियो । 

    कामिरिता र निमा ओङ्दी शेर्पा आज बुधबार बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेको पर्यटन विभागले जानकारी दिएको छ ।  आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गरेका छन् । 

    कामिरिताले कम्तीमा २५ पटक सगरमाथाको चुचुरो चुमेपछि मात्रै आरोहणबाट विश्राम लिने लक्ष्य राखेका छन् ।


    जेठ १, २०७६ बुधवार ११:०६:४९ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana