Logo

शनिवार, मंसिर १३ गते २०७७

आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द गरिँदै

नेपालपाना आश्विन २६ २०७६
  • 1.6K
    SHARES
  • आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द गरिँदै

    काठमाडौं । चीनियाँ राष्ट्रपति सी जिनपिङ्ग नेपाल भ्रमण सकेर स्वदेश फर्कने भएपछि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आजपनि साढे दुई घण्टासम्म उडान÷अवतरण बन्द गरिने भएको छ । 

    शनिबार नेपाल आएका सी आज दिउँसो साढे १२ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ । सोही कारण बिहान ११ बजेर २० मिनेटदेखि १ बजेर ५० मिनेटसम्म विमानस्थलबाट कुनै पनि उडान र अवतरण नहुने विमानस्थल कार्यालयले जनाएको छ ।

    शनिबार चिनियाँ राष्ट्रपति सी आउने क्रममा पनि दिउँसो २ बजेर ५५ मिनेटदेखि बेलुकी ५ बजेर २५ मिनेटसम्म सबै उडान र अवतरण रोकिएका थिए । यसैगरी, आइतबार पनि काठमाडौंको रिङरोडभित्र ठूला मालवाहक गाडी प्रवेशमा रोक लगाइएको छ ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्थालाई ध्यान दिएर शनिबार र आइतबार रिङरोडभित्र ठूला गाडी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाले काठमाण्डौ उपत्यकामा अनावश्यक गाडी प्रयोग नगर्न र अनावश्यक हर्न नबजाउन पनि आग्रह गरेको छ । 

    नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिएका छन् । सीको सुरक्षाका लागि चिनीयाँ सुरक्षाकर्मीको टोली पनि काठमाडौंमा परिचालित भएको छ ।


    आश्विन २६, २०७६ आइतवार १६:०४:०५ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana