Logo

बुधवार, आषाढ २ गते २०७८

अष्ट्रियाका एक वृद्ध पर्यटक सुतेकै अवस्थामा मृत भेटिए

अष्ट्रियाका एक वृद्ध पर्यटक सुतेकै अवस्थामा मृत भेटिए

नेपालपाना कार्तिक ३ २०७६
  • 24.6K
    SHARES
  • अष्ट्रियाका एक वृद्ध पर्यटक सुतेकै अवस्थामा मृत भेटिए

    धादिङ । रुबीभ्याली गाउँपालिका-१ को सोदाङ भन्ने ठाउँमा अष्ट्रियाका ७० वर्षीय व्लिहिम व्हिन्डर शनिबार टेन्टमा सुतेकै अवस्थामा मृत फेला परेका छन् ।

     

    अत्याधिक चिसो बढेकाले ट्रेकिङका लागि आएका पर्यटकको बास बसेकै स्थानमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिए ।

    जिल्ला सदरमुकामबाट प्रहरी घटना भएको ठाउँमा हेलिकप्टर लिएर गएको छ । रुबीभ्यालीको सेर्तुङ प्रहरी चौकीबाट घटना भएको ठाउँ १० घण्टाको पैदल दुरीमा पर्छ ।

    कार्तिक ३, २०७६ आइतवार २३:३१:५९ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana